बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

जग्गा अभावले अन्योलमा डम्पिङ साइट निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
images
images
जग्गा अभावले अन्योलमा डम्पिङ साइट निर्माण
फाइल तस्बिर

प्रशोधन केन्द्रका लागि एडीबीबाट ५० करोड रूपैयाँ बजेट आएको थियो तर नगरपालिकाले समयमा जग्गा उपलब्ध गराउन नसक्दा त्यो रकम फिर्ता भएको नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले जानकारी दिए।

images
images

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ। लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा छ। 

images
images
images

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भए पनि समयमा जग्गा उपलब्ध नहुँदा एडीबीको बजेट फिर्ता भएको नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले जानकारी दिए।

'प्रशोधन केन्द्रका लागि एडीबीबाट ५० करोड रूपैयाँ बजेट आएको थियो, नगरपालिकाले समयमा जग्गा उपलब्ध गराउन नसक्दा त्यो रकम फिर्ता भयो', उनले भने, 'अहिले नगरपालिका आफैले प्रशोधन केन्द्र निमार्णका लागि जग्गा खोजिरहेको छ।'

images

उनले अब नगरपालिकाले आफ्नै लगानीमा प्रशोधन केन्द्र बनाउनु परेको बताए। यसअघि नगरपालिकाले भीमदत्त नगरपालिकाको चुरेक्षेत्रमा प्रशोधन केन्द्र बनाउने भने पनि स्थानीयवासीको विरोधका कारण बन्न नसकेको हो।

images

नगरपालिकाले जग्गा खोज्नका लागि यसअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर प्रतिवेदन बुझाइसकेको छ। जग्गाको विषय र स्थान टुंगो नलाग्दा यहाँ केन्द्र निर्माणमा ढिलाइ भइरहेको भीमदत्त नगरपालिकाका प्रवक्ता खड्काले बताए।

'फोहरमैला प्रशोधन केन्द्र स्थापनाका लागि जग्गा खोजिरहेका छौँ', खड्काले भने, 'जग्गा खरिद गरेर वा सार्वजनिक जग्गा उपयोग गरेर भए पनि केन्द्र निर्माणमा पालिकाले पहल गरिरहेको छ।' महेन्द्रनगर बजारबाट मात्रै दैनिक ६ देखि सात टनसम्म फोहर उठ्ने गरेको नगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, चैत २२ २०७९०८:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend