बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

अर्थमन्त्री महत र एडीबीका देशीय निर्देशकबीच भेट

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
images
images
अर्थमन्त्री महत र एडीबीका देशीय निर्देशकबीच भेट

भेटमा जलविद्युत र सडक निर्माणमा सहयोग गर्ने विषयमा छलफल भएको थियो।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतसँग एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसले भेट गरेका छन्।

images
images
images

बुधबार बिहान अर्थमन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको थियो। दातृ निकायसँग चरणबद्ध छलफल चलिरहेको र त्यसको एउटा सिलसिला आजको भेटघाट भएको मन्त्री डा. महतले जानकारी दिए।

'दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन नसकेकोबारे उहाँहरुले चिन्ता व्यक्त गर्नुभएको छ', उनले भने, 'विकास निर्माण कार्यमा ढिलासुस्ती भएर ठेक्का प्रकृयाका कामहरु अगाडि बढ्न नसकेकोमा पनि दातृ निकाय चिन्तित रहेका छन्।’ 

images

यदि काम छिटो हुने हो भने अझ धेरै सहयोग उपलब्ध गराउन दातृ निकाय तयार रहेको डा. महतले बताए।

images

विश्व बैंकका प्रतिनिधिले पनि अनुदान र सफ्ट लोन दिएर सहयोग गर्न चाहेको उनले बताए। जलविद्युत र सडक निर्माणमा सहयोग गर्ने विषयमा छलफल भएको थियो। ‘नेपालमा देखिएको आर्थिक समस्याबारे पनि दातृ निकाय चिन्तित रहेका छन्। यो समस्या चाँडै समाधान होस् भन्ने दातृ निकाय चाहना छ’, मन्त्री डा. महतले भने। 

खर्च गर्ने क्षमतालाई वृद्धि गर्ने र अनुदान रकम वृद्धि र सफ्ट लोन लिनेबारे नेपाल सरकार सचेत रहेको अर्थमन्त्री डा. महतले बताए। मन्त्री डा. महतले हिजो विश्व बैंकको प्रतिनिधिमण्डल भेट गरेका थिए।


प्रकाशित : बुधबार, चैत २२ २०७९०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend