काठमाडौं- नेपाल आयत निगमले हवाई इन्धनको मूल्य घटाएसँगै वायु सेवा सञ्चालकहरुले हवाई भाडा घटाएको हुन्।
सोमबार निगमले हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। निगमले मूल्य घटाएसँगै मंगलबार वायु सेवा सञ्चालकहरुले हवाई भाडा घटाएका हुन्।
काठमाडौं माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँ घटेको छ। न्यूनतम भाडा भने ७० रुपैयाँले घटेको छ। विभिन्न रुटअनुसार हवाई भाडा घटेको हो।