शनिबार, वैशाख २९ गते २०८१    
images
images

हरेक अर्थमन्त्रीलाई सेयर बजारको मनोवैज्ञानिक दबाब, महत पनि बजार बढाउन केन्द्रित

images
images
images
हरेक अर्थमन्त्रीलाई सेयर बजारको मनोवैज्ञानिक दबाब, महत पनि बजार बढाउन केन्द्रित
images
images

काठमाडौं- पछिल्लो तीन महिनामै दुई अर्थमन्त्री नियुक्त भए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएपछि सुरूमा एमाले नेता विष्णु पौडेल अर्थमन्त्री भए भने अहिले नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत अर्थमन्त्री छन्। 

images
images
images

यी दुबै अर्थमन्त्री नियुक्त हुँदाको समयमा नेपाली अर्थतन्त्रको अवस्थामा खासै भिन्नता छैन। खासमा अर्थतन्त्रमा उकुसमुकुसको वातावरण छ। चालु आर्थिक वर्षको सुरूदेखि नै दबाबमा रहेको मौद्रिक तथा वित्तीय अवस्थामा अझै सुविधाजनक वातावरण बनेको छैन। साउनमा आर्थिक वर्ष सुरु भएपछि चुनाव लाग्यो, चुनावपछि नयाँ सरकार बनेपछि आर्थिक गतिविधिमा सुधार हुने आशमा रहेका व्यवसायीहरू अझै उस्तै अवस्था रहेको बताउँछन्। 

images

तर अर्थमन्त्रीलाई समग्र अर्थनतन्त्रभन्दा पनि सेयर बजारको भूतले सताउने गरेको छ। अर्थतन्त्रका सबै क्षेत्र नकारात्मक लयमा छन्। बजारमा माग बढ्न सकेको छैन सबैतिर लगभग मन्दीकै अवस्था छ। यस्तोमा अरुभन्दा पहिला अर्थमन्त्रीलाई भने सेयर बजारको चिन्ताले सताउने गरेको छ। 

images

यसअघिका अर्थमन्त्री पौडेलले पनि सुरुमै सेयर बजारका बारेमा धेरै चासो दिएर छलफल गरेका थिए। हुन त सबै विषयमा चासो र छलफल हुने नै भयो तर सुरुमै सेयर बजारका बारेमा धेरै छलफल भयो। 

images
images

अहिलेका अर्थमन्त्री डा प्रकाशशरण महतले नियुक्त भएदेखि विभिन्न संघ संस्थाका प्रतिनिधिसँग भेटघाटका साथै आन्तरिक ब्रिफिङ, राजस्व तथा खर्चका बारेमा छलफल गरेका छन्। तर उनले सेयर बजारका बारेमा विशेष चासो दिइरहेका छन्। 

पछिल्लो समय लाखौ लगानीकर्ताको हवला दिएर अर्थमन्त्रीमाथि सुरुमै मनोवैज्ञानिक दबाब दिने काम भइरहेको छ। यही दबाबका कारणले जतिसुकै सैद्धान्तिक हुन खोजेपनि सेयर बजारका बारेमा चासो दिनुपर्ने अवस्था रहेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। 

खासमा अर्थतन्त्रका समग्र क्षेत्रको वृहत नीतिको बास्केटमा अर्थमन्त्रीको पहिलो ध्यान हुनुपर्छ। त्यसमध्येमा एउटा सूचक सेयर बजार पनि हो। यसमा पनि ध्यान दिनुपर्ने स्वभाविक हो तर सुरुमै यसमा धेरै फोकस हुनुपर्ने अवस्था छ। 

‘नत्र यहाँ अर्थमन्त्रीलाई इन्टरनेटमा बहिष्कारसम्मका अभियान चलाउने गरिन्छ। र पछिल्लो समय यस्तो मास धेरै पनि छ। राजनीतिक नेतृत्वले माससँग डराउनुपर्छ होला सायद’ अर्थका एक अधिकारी भन्छन्,’अर्थमन्त्री तथा सरकारले समग्र अर्थतन्त्रको अवस्थाका बारेमा सोच्ने हो। सबै क्षेत्रलाई चलायमान बनाउँदा कम्पनीहरूको व्यापार बढ्ने, बजारमा माग सिर्जना हुने जस्ता वातावरण बनाउने हो यस्तो हुँदा सेयर बजारमा प्रतिबिम्ब देखिहाल्छ। तर यहाँ त सुरुमै सेयर बजार केन्द्रीत नीतिको माग हुन्छ र मन्त्री ज्यूलाई पनि त्यसैमा इन्गेज गर्ने काम भइरहेको छ।’

नयाँ मन्त्री आउनेवित्तिकै सेयर बजारका लगानीकर्ता हौँ भन्ने समूहले मन्त्रीमाथि सिधै दबाब बढाउने काम यसरी हुन्छ कि अर्थमन्त्रीले नै बजार बढाइदिने हो। तर यस्तो प्रवृत्ति सही नभएको अर्थशास्त्री निरजकुरमा पौड्यालको भनाइ छ। 

‘मन्त्रीले इन्डिकेटर हेर्ने हो त्यसमध्ये एउटा सूचक सेयर बजार हो। समग्रमा मन्त्रीले राजस्व, मूल्यवृद्धि, ऋण प्रवाह र पुँजीको उपलब्धतता जस्ता विषयमा हेर्ने हो र त्यसका आधारमा नीति बनाउने हो। नीति कस्तो बन्यो र त्यसको प्रभाव कस्तो हुन्छ भनेर पछि पो लविङ गर्ने हो तर सुरुमै माग गर्ने ठिक होइन’ उनले भने। 

आर्थिक गतिविधि बढाउने नीतिका लागि माग गर्नुको साटो लाखौं लगानीकर्ताको हवला दिएर सुरुमै दाबाब दिने प्रचलन पछिल्लो समय बढ्दै गएको छ। नेपालमा यस्तो प्रवृत्ति अहिलेमात्र नभएर पहिलेदेखि नै रहेको बैंकर भुवन दाहालको भनाइ छ। 

‘सेयर बजारको सम्बन्ध अर्थतन्त्र र आर्थिक नीतिसँग नहुने भन्ने होइन तर प्रत्यक्ष सम्बन्ध भने कम्पनीको प्रदर्शनसँग हुन्छ त्यसैले समग्र अर्थतन्त्रको सुधार भएपछि कम्पनी फस्टाउने वातावरण हुन्छ’ उनले भने। 

सेयर बजार ६६ दिन यताकै न्यून बिन्दुमा 

मंगलबार ५ दशमलव २० अंकले घटेर परिसूचक १ हजार ८६६ दशमलव ८८ बिन्दुमा झरेको छ। उक्त बिन्दु ६६ दिनयताको नै न्यून हो।

मंगलबार कारोबारमा आएका २६४ कम्पनीको २९ लाख ७१ हजार ९ सय ४७ कित्ता सेयर २३ हजार १ सय ७० पटकमा ९१ करोड ७६ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्दा ११६ कम्पनीको भने घटेको छ।

आज सर्वाधिक सेयर खरीद बिक्री शिवम् सिमेन्टको ३ करोड ३६ लाख बराबर भएको छ। उक्त कम्पनीको सेयर मूल्य ४१० कायम भएको हो। त्यस्तै सर्वाधिक सेयर खरीद बिक्री हुने दोस्रोमा एनआईसी एसिया बैंकको  ३ करोड २८ लाख बराबरको भएको छ।

मंगलबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढ्दा बाँकी ६ समूहको परिसूचक भने घटेको छ। मंगलबार निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी १.३९ प्रतिशतले घटेको छ।

images

प्रकाशित : बुधबार, चैत २२ २०७९१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend