सोमबार, वैशाख २४ गते २०८१    
images
images

विशेष मूल्यमा जिपको पहिलो सेभेन-सिटर मेरिडियनको बुकिङ खुला

टेस्ट ड्राइभ गर्न सकिने

images
images
images
विशेष मूल्यमा जिपको पहिलो सेभेन-सिटर मेरिडियनको बुकिङ खुला

भारतमा केही समयअघि सार्वजनिक गर्नुअघि जिपले मेरिडियनलाई यसको ‘ड्युरेबिलिटी’ र ‘कन्सिस्टेन्ट पर्फमेन्स’ प्रत्याभुत गर्न एक लाख किलोमिटर कठोर परीक्षणमा राखेको थियो।

images
images

काठमाडौं- अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयूभी जिप मेरिडियनको बुकिङ खुल्ला गरेको छ। नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लू लाइफले जिप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुल्ला गरेको हो। 

images
images
images

जिप मेरिडियन अमेरिकी विरासत बोकेको जिप ब्रान्डको पहिलो ‘सेभेन-सिटेड’ ‘फोर बाई फोर’ क्षमता भएको एसयूभी हो जसलाई एमएडब्लू लाइफले केही सातामा नेपालमा सार्वजनिक गर्ने तयारी थालेको छ। नेपालमा जिप मेरिडियनको लन्चअघिको विशेष मूल्य एक करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरिएको छ। 

images

यसैबीच एमएडब्लू लाइफले आफ्नो काठमाडौं नक्सालस्थित सोरुमबाट जिप मेरिडियनको ‘डिस्प्ले’ तथा ‘टेस्ट ड्राइभ’ पनि सुरु गरिसकेको छ। प्रिमियम फिचरले भरिएको मेरिडियनलाई टेस्ट ड्राइभ गर्न चाहनेले जिप नेपालको वेबसाइटमा लग इन गरी वा सिभा फोन गरी टेस्ट ड्राइभ बुक गर्न सकिने छ। 

images

नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) उपलब्ध हुनेछ। मेरिडियनमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ हुनेछ जसको ‘नाइन-स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ। यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक-टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ।

images
images

जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रण हो जसमा धेरै ‘सेग्मेन्ट-फस्र्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’ दुवैका लागि क्षमतावान् छ। प्रिमियम इन्टेरियर, ठूलो क्याबिन स्पेस, अत्याधुनिक प्रविधि र व्यवहारिक फिचरहरुले जिप मेरिडियनलाई बजारमा उपलब्ध ‘सभेन-सिटर एसयुभी’ मध्येमा अब्बल बनाएको छ। 

भारतमा केही समयअघि सार्वजनिक गर्नुअघि जिपले मेरिडियनलाई यसको ‘ड्युरेबिलिटी’ र ‘कन्सिस्टेन्ट पर्फमेन्स’ प्रत्याभुत गर्न एक लाख किलोमिटर कठोर परीक्षणमा राखेको थियो।

जिप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ। जिपको ‘आइकनिक सेभेन-स्लट ग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयूभी’को रुप दिएको छ। 

मेरिडियनमा जिपको ‘यु-कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल-जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट’ र ‘पावर टेलगेट’ लगायतका विशेषता छन्। 

साथै सुरक्षाका लागि यसमा ६ वटा ‘एयर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल-स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’ जस्ता विशेषता छन्। 

images

प्रकाशित : मंगलबार, चैत २१ २०७९११:३६

प्रतिक्रिया दिनुहोस