बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

इम्बोस्ड नम्बर प्लेटमा नेपाली शब्द पनि समावेश गरिने

images
मंगलबार, चैत २१ २०७९
images
images
इम्बोस्ड नम्बर प्लेटमा नेपाली शब्द पनि समावेश गरिने

अनुसूचीको १२औँ नम्बरमा ‘इम्बोस्ड सवारी नम्बर प्लेटमा अक्षर र अंक अंग्रेजी लिपीमा हुनुपर्ने छ’ लेखिएको छ। यसलाई संशोधन गरेर मिल्ने केही शब्द नेपाली भाषामा समेत लेख्न सकिने गरी अनुसूची संशोधन भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

images
images

काठमाडौं- सरकारले इम्बोस्ड नम्बर प्लेटमा नेपाली शब्दसमेत राख्न सकिने गरि कानून संशोधन गरेको छ। यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ लाई संशोधन गरेर यस्तो व्यवस्था गरिएको हो। 

images
images
images

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आएको सो प्रस्ताव स्वीकृति गरेसँगै अनुसूची संशोधन हुने भएको हो। अनुसूचीको १२औँ नम्बरमा ‘इम्बोस्ड सवारी नम्बर प्लेटमा अक्षर र अंक अंग्रेजी लिपिमा हुनुपर्ने छ’ लेखिएको छ। यसलाई संशोधन गरेर मिल्ने केही शब्द नेपाली भाषामा समेत लेख्न सकिने गरी अनुसूची संशोधन भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

कानूनीलगायतका विभिन्न कारणले करिब २ वर्ष रोकिएको जडान पछिल्लो समय भने न्यून संख्यामा भए पनि दैनिकरुपमा भइरहेको छ। तर निर्धारित समय सकिन ११ महिना बाँकी रहँदा दुई प्रतिशतभन्दा कम सवारीसाधनमा नम्बर प्लेट जडान भएको विभागले जनाएको छ। इम्बोस्ड नम्बर प्लेट २०८० मङ्सिरसम्म जडान गरिसक्नुपर्नेछ। यो समय पनि २ वर्ष थप गरेर कायम भएको समयावधी हो। 

images

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जोड्नुपर्छ भनेर कानूनमा व्यवस्था गरिएकाले सेवाग्राहीले जडान गर्न पाउने तर बाध्यकारी नहुने व्यवस्था छ। सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्यका साथ सम्झौता गरेको थियो। सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान कहिले कानूनी त कहिले भाषाको विवादका कारण अपेक्षाकृत रुपमा हुन सकेको थिएन। इम्बोस्ड नम्बर प्लेट जडानको अवधि २०७९ बैशाखमा सकिएपछि फेरि थप गरिएको थियो। 

images

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर भएको थियो। सो मद्दामा दुई वर्ष पहिले अदालतले प्लेट अंग्रेजी भाषामै हुँदा फरक नपर्ने फैसला गरेको थियो। 

यातायात व्यवस्था विभागले विसं २०७३ जेठ १७ मा डेकाटुर टाइगर आइटी (द कर्पोरेसन)सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो। प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ।


प्रकाशित : मंगलबार, चैत २१ २०७९१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend