बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न जग्गाधनीको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २१ २०७९
images
images
अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न जग्गाधनीको माग

अरुण तेस्रो आयोजनाले षडानन्द नगरपालिकामा दुई करोड ६५ लाख ८३ हजार रूपैयाँ, भोजपुर नगरपालिकामा ६३ लाख ७३ हजार रूपैयाँ र टेम्केमैयुङ गाउँपालिकामा १४ लाख ४२ हजार गरी चार करोड २१ लाख तीन हजार रूपैयाँ मुआब्जा वितरण गरिसकेको जनाएको छ।

images
images

भोजपुर- नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफ्नो क्षेत्रमा पुन: सर्भेको माग गरेका छन्। 

images
images
images

सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने चार सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडि बढाउन खोजिएको भन्दै भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाका जग्गाधनीले पुन: सर्भे गर्न माग गरेका हुन्। 

उनीहरु संघर्ष समिति निर्माण गरी विरोत्र उत्रिएका छन्। बस्ती र खेतीयोग्य जमिन नछली सर्भे गर्दा आफूहरु विस्तापित हुने अवस्था आएकाले पुनः सर्भेको माग गरिएको संघर्ष समितिका संयोजक पावीहाङ राईले बताए।

images

आयोजना निर्माणका विषयमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय भोजपुरले सोमबार आयोजना गरेको अन्तरक्रियामा उनले राईले आयोजना मुलुकको हितमा भए पनि जबरजस्ती अघि बढाउन खोजिए आफूहरुलाई मान्य नहुने स्पष्ट पारे। कार्यक्रममा उनीहरुले बस्ती विस्तापित हुने गरी गरिएको सर्भे परिवर्तन नगरेसम्म टावर राख्न नपाइने अडान राखेका छन्। 

images

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आयोजना र सर्भेका विषयमा सम्बन्धित निकायले उचित समन्वय नगर्दा समस्या देखिएको बताए। उनले आयोजनाको आईपीओ निष्कासनको समयमा भोजपुरलाई पनि प्रभावित क्षेत्र मान्नुपर्ने माग रहेको बताए।

कार्यक्रममा आयोजनाको निर्माण अवस्थाका बारेमा जानकारी दिइए अनुसार प्रसारण लाइनका लागि टेम्केमैयुङ गाउँपालिकामा १८ वटा टावर पोल निर्माण हुनेछन्। सर्भे भएअनुसार टावर निर्माण हुन नहुने, मुआब्जा रकम बढाइनुपर्ने, तारमुनि पर्ने जग्गा र टावरको मुआब्जा एकै साथ वितरण हुनुपर्ने, प्रभावित क्षेत्र घोषणलगायतका संघर्ष समितिको माग छ। 

अन्तरक्रियामा लगानी बोर्ड, विद्युत् प्राधिकरण, इन्जिनियर, प्रभावित क्षेत्रका जनप्रतिनिधि, सम्बन्धित सरकारी कार्यालयका प्रमुख, जिल्ला समन्वय समिति, सुरक्षा निकाय, अरुण तेस्रो परियोजनासँग सम्बन्धित विज्ञ रहेका थिए।

जिल्लाको षडानन्द नगरपालिका, भोजपुर नगपालिका र टेम्केमैयुङ गाउँपालिकामा आयोजानाअन्तर्गत एकसय टावर निर्माण हुनेछन्। कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा जग्गाधनीले भोजपुरमा अरुण तेस्रोले लापारबाहीपूर्वक काम गरिरहेको गुनासो गर्दै विगतमा गरिएका सम्झौतासमेत आयोजनाले कार्यान्वयन नगरेको गुनासो राखेका थिए।

षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदासले अरुण तेस्रो परियोजनाको प्रभावित क्षेत्र भोजपुर पनि भए पनि जल्लाका लागि कुनै पनि विषयमा सहयोग नगरेको बताए। 'परियोजनाले चाहेमा प्रभावित क्षेत्रमा एक-एक वटा अस्पताल निर्माण गर्दा पनि हुन्छ, तर पनि उसले अहिलेसम्म जिल्लाका लागि कुनै पनि उपलब्धि मुलक काममा सहयोग गरेको छैन', उनले भने।

अरुण तेस्रो आयोजनाले षडानन्द नगरपालिकामा दुई करोड ६५ लाख ८३ हजार रूपैयाँ, भोजपुर नगरपालिकामा ६३ लाख ७३ हजार रूपैयाँ र टेम्केमैयुङ गाउँपालिकामा १४ लाख ४२ हजार गरी चार करोड २१ लाख तीन हजार रूपैयाँ मुआब्जा वितरण गरिसकेको जनाएको छ। रासस 


प्रकाशित : मंगलबार, चैत २१ २०७९०६:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend