बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

भरत आचार्य अञ्जन र उमेशका साझा उम्मेद्‌वार

images
मंगलबार, चैत २१ २०७९
images
images
भरत आचार्य अञ्जन र उमेशका साझा उम्मेद्‌वार

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा व्यवसायी भरत आचार्य एसोसिएट उपाध्यक्ष मा २ वरिष्ठ उपाध्यक्षका साझा उम्मेद्‌वार हुने भएका छन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा व्यवसायी भरत आचार्य एसोसिएट उपाध्यक्षमा २ वरिष्ठ उपाध्यक्षका साझा उम्मेद्‌वार हुने भएका छन्।

images
images
images

आचार्य वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्‌वार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठका साझा उम्मेद्‌वार हुन लागेका हुन्।

अञ्जन टीमबाट एसोसिएट उपाध्यक्ष लड्न लागेका प्रवलजंग पाण्डे र आचार्यको बिचमा दुईमध्ये एकमात्रै उम्मेद्‌वार बन्ने सहमतिअनुसार आचार्यले उम्मेद्‌वारी दर्ता गरेका हुन्। योसँगै एसोसिएटमा अञ्जन र उमेशलको टीम नै मर्ज हुने भएको छ। भरतले एसोसियट टीमको लिड गर्ने र सदस्यहरु बराबर बनाउने सहमति भएको छ। 

images

यता अर्का वरिष्ठ उपाध्यक्षका उमेदवार रामचन्द्र संघईको टीमबाट भने ज्योत्सानाले एसोसिएटमा उम्मेद्‌वारी दिएकी छिन्। एसोसिएट उपाध्यक्षमा भरत आचार्य  र ज्योत्सानाबीच प्रतिस्पर्धा निश्चित भएको छ।

images

एफएनसीसीआई निर्वाचन चैत २८ गतेदेखि काठमाडौंमा सुरू हुँदैछ। 


प्रकाशित : मंगलबार, चैत २१ २०७९०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend