काठमाडौं- सोमबार प्रततोला ६ सय रूपैयाँले सस्तिएको सुन मंगलबार एक हजार रूपैयाँले महँगिएको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार पाँचसय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँचसय रूपैयाँ कायम थियो।
चाँदीको मूल्य पनि आज बढेको छ। सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको हो। आज चाँदी प्रतितोला एक हजार चारसय रूपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ।