शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

पेट्रोलमा ३ रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १० रूपैयाँले घट्यो

images
सोमबार, चैत २० २०७९
images
images
पेट्रोलमा ३ रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १० रूपैयाँले घट्यो

यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ।

images
images

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलमा तीन रूपैयाँ साथै डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको छ।

images
images
images

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन्।

images
images

भारतीय आयल कर्पाेरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

images
images
images

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ।


प्रकाशित : सोमबार, चैत २० २०७९१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend