काठमाडौं- सरकारले थप ८ ठाउँलाई औद्योगिक ग्राम क्षेत्र घोषणा गरेको छ। औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५५ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सरकारले ८ वटा औद्योगिक ग्राम क्षेत्र घोषणा गरेको हो।
जसमा बागमती प्रदेशको काभ्रेको मण्डनदेउपुरको वडा नम्बर ६ र काभ्रेको वेथानचोक वडानम्बर २ मा रहने गरी औद्योगिक ग्राम घोषणा गरिएको छ।
यसैगरी नुवाकोटको लिखु ४, म्याग्दी रघुगंगा २, पाल्पा रिब्दीकोट ३, गुल्मी रुरु क्षेत्र ४, जुम्ला तातोपानी ८ र दार्चुला अपिहिमाल ४ को क्षेत्रमा रहने गरी औद्योगिक ग्राम घोषणा गरिएको हो।