शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

बैंकिङ प्रणालीमा धमाधम थपिँदै निक्षेप, अर्थमन्त्रीको चासोले घट्ला ब्याजदर?

images
मंगलबार, चैत २१ २०७९
images
images
बैंकिङ प्रणालीमा धमाधम थपिँदै निक्षेप, अर्थमन्त्रीको चासोले घट्ला ब्याजदर?
images
images

काठमाडौं- बैंकिङ प्रणालीमा एकैदिन १० अर्ब रुपैयाँ निक्षेप थपिएको छ। वाणिज्य बैंकहरूमा चैत १० यतामात्रै १५ अर्ब निक्षेप थपिएको हो। गत १० गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब ६८ अर्ब पुगेको थियो। जुन १० दिनमै बढेर ४७ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ।  

images
images

त्यस्तै ऋण लगानी १० अर्ब रुपैयाँ भएको छ। चैत १० गतेसम्म ४२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको थियो। १० दिनमा ऋण लगानी पनि बढेर ४२ खर्ब ७६ अर्ब पुगेको छ। लगानीयोग्य रकम थुप्रिदै जाँदा ऋण लगानी विस्तार समेत भएको छ। गतवर्षदेखि ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका वाणिज्य बैंकहरू अहिले झन्डै २ खर्ब ऋण लगानी गर्न सक्ने अवस्थामा पुगेको तथ्यांकले देखाएको छ।

images
images

राष्ट्र बैंकका अनुसार समग्र वित्तीय प्रणालीमा ५४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै ऋण लगानी ४८ खर्ब १९ अर्ब पुगेको छ। वाणिज्य बैंकहरूमा साउनयता मात्रै २ खर्ब ४२ अर्ब निक्षेप बढेको छ। जुन वृद्धि ४.९९ प्रतिशतले हो। ऋण लगानी साउन १ देखि चैत १० गतेसम्म १ खर्ब ११ अर्बमात्रै भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। यता सीडी रेसियो पनि ८५.५५ प्रतिशतमा झरेको छ। 

images
images
images

गत साउन महिनामा १ खर्ब ८ अर्बले घटेको निक्षेप त्यसयता लगातार बढिरहेको छ। तथ्यांकअनुसार भदौमा ५२ खर्ब, असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९५ अर्ब, माघमा २५ अर्ब र फागुनमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। चैत २० गतेसम्म २५ अर्ब निक्षेप थपिएको छ। 

अर्थमन्त्रीको दौडधुपले घट्ला ब्याजदर?

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बैंकर्सहरूलाई भेटेर समग्र अर्थतन्त्रको प्रणाली चलायमान गराउने बैंकिङ भएकोले लचिलो बन्न आग्रह गरेका छन्। जसमा उनले घुमारो भाषामा ब्याजदर घटाउन सकिने ठाउ भए घटाउन आग्रह गरेका थिए। 

अर्थमन्त्री महतले बैंकर्स संघका प्रतिनिधीहरूलाई भेटेर नेपालको बैंकिङ क्षेत्र बलियो रहेको उल्लेख गर्दै तत्काल देखिएका समस्या समाधनमा पहलकदमी लिने बताएका छन्।

अर्थमन्त्री महतले अहिले देखिएको तरलता संकट, ब्याजदरका विषय र सडकमा वित्तीय क्षेत्रविरुद्ध भएका सडक आन्दोलन तथा उद्योगी देखाएको चासोका विषयमा समेत बैंकर्ससँग कुराकारी गरेका छन्। बैंकर्सहरूले बैंकिङ क्षेत्रमा अहिले स्थिति सहज बन्दै गएको ब्याजदर घट्ने चरणमा रहेकोले विस्तारै समस्या समाधान उन्मुख भएको बताएका थिए।

उक्त भेटमा बैंकर्सहरूले अहिले बैंकिङ क्षेत्रमाथि सडकबाटै आन्दोलन हुनु दु:खद भएको तथा भौतिक आक्रमण नै हुन थालेको भन्दै सरकारले कानूनी कारबाही गर्न माग गरेका छन्। भेटमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहित पदाधिकारीहरू भेटमा सहभागी थिए। 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अर्थमन्त्रीलाई समन्वय गरेर अगाडि बढ्न आग्रह गरेको बताए। ‘ब्याजदरको विषयमा पनि चासो रहेकोमा हामीले सहज बन्दै गएकोले विस्तारै घट्ने बताएका छौँ,’ अध्यक्ष केसीले भने। 


प्रकाशित : मंगलबार, चैत २१ २०७९०१:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend