बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

नवनियुक्त उद्योगमन्त्रीले भने - म निजी क्षेत्रको साथमा छु, चिन्ता नगर्नुस्

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २० २०७९
images
images
नवनियुक्त उद्योगमन्त्रीले भने - म निजी क्षेत्रको साथमा छु, चिन्ता नगर्नुस्

नेपाल उद्योग परिसंघले उद्योगी व्यवसायीहरुको मनोबल उकास्ने काम गर्न नवनियुक्त उद्योगमन्त्रीलाई आग्रह गरेको छ।

images
images

काठमाडौं- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको समस्या समाधान गर्न प्रभावकारीरुपमा लागि पर्ने बताएका छन्। 

images
images
images

बधाई तथा शुभकामना दिन पुगेको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीसँगको छलफलका क्रममा उनले यस्ताे बताएका हुन्। मन्त्री रिजालले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिएको बताए। मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने उनको भनाइ छ।

'म निजी क्षेत्रको साथमा छु। निजी क्षेत्रको समस्या समाधान गर्न पूर्णरुपमा लाग्नेछु, चिन्ता नगुर्नस्', मन्त्री रिजालले भने।

images

परिसंघले मन्त्री रिजाललाई उद्योगी व्यवसायीहरुको मनोबल उकास्ने गरी काम गर्न आग्रह गरेको छ। परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पुँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढाउन आवश्यक रहेको बताए।

images

मागमा आएको उच्च संकुचनका कारण नयाँ लगानीका योजना ठप्प भएको, मनोबल निकै खस्किएकाले निकास दिनुपर्ने उनले सुझाव दिए। कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उत्पादनमुलक उद्योगहरुको योगदान निरन्तर घट्दो रहेको भन्दै अध्यक्ष अग्रवालले अर्थतन्त्रमा उत्पादनमुलक उद्योगहरुको योगदान बढाउन वातावरण बनाउनुपर्नेमा जोड दिए।

उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे। साथै उनले परिसंघले औद्योगिकीकरणलाई बढावा दिन सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको 'मेक इन नेपाल-स्वदेशी' अभियानका बारेमा जानकारी समेत गराए।

परिसंघले आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउन पनि आग्रह गरेको छ।


प्रकाशित : सोमबार, चैत २० २०७९१२:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend