सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

अपर अरुण आयोजनाले १ अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो

images
बिजनेस न्युज
images
images
अपर अरुण आयोजनाले १ अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो

पहुँच मार्ग भोटखोला गाउँपालिका-४ छोराङदेखि भोटखोला-२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ। सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ।

images
images

सङ्खुवासभा- सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन १ हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा एक अर्ब रूपैयाँभन्दा बढी मुआब्जा वितरण गरेको छ।

images
images
images

आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको ७ सय ८८ कित्तामध्ये ६ सय ९९ कित्ताकाट गरिसकेको छ। अपर अरुण आयोजना प्रभावित क्षेत्रमा १ अर्ब ४५ करोड भुक्तानी भइसकेको आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए। उनका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ६४ प्रतिशत रकम वितरण गरिसकेको छ।

images

आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ। एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजना सरकारले निर्माण गर्ने गरी काम अघि बढाइएको थियो।

images

आयोजनाअन्तर्गत भोटखोला गाउँपालिका-२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका प्रभावित स्थानीयले मुआब्जा पाउनेछन्। उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया-६ को जग्गाका लागि प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ भने कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया-६ को जग्गाका लागि प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ। 

images
images

जलविद्युत् आयोजनाको अनुमानित लागत दुई अर्ब २६ करोड रहेको छ। सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ। हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ। आयोजनाका लागि ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ।

आयोजनका लागि २२ किमी पहुँचमार्ग निर्माण गर्ने 

अपर अरुण आयोजनाका लागि पहुँच मार्ग बनाउने प्रक्रिया थालिएको छ। प्राधिकरणले २ दशमलव ०३ किमी सुरुङमार्गसहित करिब २२ किमी पहुँच सडक निर्माणका लागि भारतीयको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ। पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ। 

पहुँच मार्ग भोटखोला गाउँपालिका-४ छोराङदेखि भोटखोला-२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ। सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ।

images

प्रकाशित : सोमबार, चैत २० २०७९०८:४१
प्रतिक्रिया दिनुहोस