बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

बजेट कार्यान्वयनलाई तीव्रता दिँदै कर्णालीका स्थानीय तह

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २० २०७९
images
images
बजेट कार्यान्वयनलाई तीव्रता दिँदै कर्णालीका स्थानीय तह

हालसम्म करिब ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्ध जनप्रतिनिधिहरूको भनाइ छ।

images
images

सुर्खेत- कर्णालीका स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिएका छन्।

images
images
images

चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्न केन्द्रित भएका हुन्। हालसम्म करिब ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्ध जनप्रतिनिधिहरूको भनाइ छ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशकुमार शाहीले असारे विकास योजनाहरू कार्यान्वयन नहुने भएकाले असारअगावै योजना कार्यान्वयन गरिसक्ने गरी काम भइरहेको बताए।

images

'अहिलेसम्म हामी विकासको काममा असार केन्द्रित भयौँ', उनले भने, 'बजेट सक्नाकै लागि गरिने त्यस्तो कार्य अब बन्द हुनुपर्छ। यसैलाई मध्यनजर गरेर असारअगावै सबै योजना कार्यान्वयन गरिसक्ने गरी काम गरिरहेका छौँ।'

images

नगरपालिकाबाट विनियोजित दुईसय ८५ योजनामध्ये अहिले धेरैजसो कार्यान्वयनको अन्तिम चरणमा रहेको नगरप्रमुख शाहीले जानकारी दिए। उक्त नगरपालिकाले चालु आवमा ११ करोड रूपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा वैशाख मसान्तसम्म पालिकास्तरबाट तोकिएका योजनाका लागि विनियोजित रकम भुक्तानी दिइसक्ने कार्यपालिकाको निर्णय भएको हो।

कालीकोटको पचालझरना गाउँपालिकाले पनि आव २०७९/८० को हालसम्म ७५ प्रतिशत बजेट कार्यान्वयनको चरणमा रहेको जनाएको छ। गाउँपालिका अध्यक्ष देवराज शाहीले चालु आवका लागि नौ करोड विकासे बजेट रहेको र घोषित कार्यक्रम कार्यान्वयन गरी भनाइ र गराइबीचको खाडल पुर्ने काम भएको बताए। 'भाषण मात्रै होइन व्यावहारिकरुपमा काम हुनुपर्छ। त्यही नीतिलाई अनुसरण गरेर हामीले विकास निर्माणका काम गरिरहेका छौँ', उनले भने।

सल्यानको बागचौर नगरपालिकाले पनि ५० प्रतिशत बजेट कार्यान्वयन भइसकेको जनाएको छ।

'अन्य योजना पनि कार्यान्वयनको चरणमा रहेको छ। विगतका वर्षमा बजेट कार्यान्वयन समयमै नहुने, असार केन्द्रित विकास हुँदा विकासका कामसमेत गुणस्तरीय नहुने अवस्था थियो', नगरप्रमुख जनकराज गौतमले भने, 'त्यसलाई अन्त्य गर्नुपर्छ भनेर हामीले अहिलेदेखि योजना कार्यान्वयन छिट्टै गर्नेगरी काम गरेका छौँ। असार महिना त बजेट कार्यान्वयनको महिना होइन, योजना तयार गर्न छलफल गर्ने महिना हो नि।' रासस


प्रकाशित : सोमबार, चैत २० २०७९०७:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend