शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

भारतमा कार बिक्रीको ऐतिहासिक रेकर्ड : एसयूभीको महत्वपूर्ण हिस्सा, नेपालमा निरासाजनक स्थिति

images
सोमबार, चैत २० २०७९
images
भारतमा कार बिक्रीको ऐतिहासिक रेकर्ड : एसयूभीको महत्वपूर्ण हिस्सा, नेपालमा निरासाजनक स्थिति
सांकेतिक तस्बिर।

चालु आर्थिक वर्ष प्यासेन्जर कार बिक्री अझै बढ्ने दाबी मारुती सुजुकीे गरेको छ। किन कि यो वर्ष मारुती सुजुकीले नयाँ एसयूभी सार्वजनिक गरेको छ।

images
images

काठमाडौं- भारतमा प्यासेन्जर कार बिक्री २७ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०२३ मा भारतमा कार बिक्रीले ऐहासिक रेकर्ड कायम गर्दै ३९ लाखवटा बिक्री भएको छ। मार्च ३१ मा सकिएको एफवाई २३ मा सप्लाई चेनले साथ दिँदा सवारी उत्पादनहरुले उल्लेख्य संख्याका कार बिक्री गर्न सफल भएका हुन्। 

images
images
images

यसअघि एफवाई १९ मा भारतमा कार बिक्रीले नयाँ रेकर्ड कायम गरेको थियो। सो वर्ष भारतमा ३३ लाख ८० हजार कार बिक्री भएको थियो। यो संख्या सवारी उत्पादकले फ्याक्ट्रीबाट डिलरलाई उपलब्ध गराएको तथ्यांक हो। डिलरले उपभोक्तालाई हस्तान्तरण गरेको संख्या भने सार्वजनिक भइसकेको छैन। 

images
images

भारतमा तीन सवारी उत्पादक मारुती सुजुकी, हुन्डाई मोटर इन्डिया र टाटा मोटर्सले प्यासेन्जर कार बिक्रीमा उल्लेख्य हिस्सा ओगटेका छन्। यी तीनवटै कार उत्पादकको बिक्रीले नयाँ रेकर्ड कायम गरेको छ। 

images
images

एफवाई २०२३ मा मारुती सुजुकीको कार बिक्री २१ प्रतिशत बढेर १६ लाख १० हजार वटा बिक्री भएको छ। त्यस्तै कोरियन कार उत्पादन हुन्डाईको कार बिक्री १८ प्रतिशतले बढेर ५ लाख ६७ हजार ५ सय ४६ वटा बिक्री भएको तथ्यांक सार्वजनिक भएको द इकोनोमिक टाइम्सले लेखेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा एफवाई २०२३ मा टाटा मोटर्सको कार बिक्री ४५ प्रतिशतले बढेर ५ लाख ३८ हजार ६ सय ४० वटा कार बिक्री भएको छ। 

केही चुनौतीकैबीच सेमिकन्डक्टरको उपलब्धताले कार बिक्री दोहोरो अंकले बढ्न सफल भएको मारुती सुजुकीका सिनियर एक्जुकेटिभ डिरेक्टर(मार्केटिङ एन्ड सेल्स)ले बताए। निर्यातसहितको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २३ मा १८ लाख ६० हजार वटा कार बिक्री गरेको छ। चालु आर्थिक वर्ष प्यासेन्जर कार बिक्री अझै बढ्ने दाबी मारुती सुजुकीे गरेको छ। किन कि यो वर्ष मारुती सुजुकीले नयाँ एसयूभी सार्वजनिक गरेको छ। 

भारतमा प्यासेन्जर कार बिक्री उल्लेख्य रुपमा वृद्धि हुनुको मुख्य कार नै एसयूभी प्रति उपभोक्ताको आकर्षण बढ्नु रहेको छ। चालु आर्थिक वर्ष २०२४ मा भारतको प्यासेन्जर कार बिक्री ५ देखि ७ प्रतिशत बढेर ४१ लाख वटासम्म पुग्ने अनुमान गरिएको छ। यो वर्ष पनि कार बिक्रीलाई एसयूभीले नै ड्राइभ गर्ने छ। मारुती सुजुकीले पनि एसयूभी सेगमेन्टलाई प्राथमिकता दिएको र यही सेगमेन्ट धेरै रुचाइएको छ। 

मार्चमा पनि भारतमा कारको बिक्री रेकर्ड तहमै बढेको छ। भारतमा हुन्डाईका कार बिक्री बढ्नुमा उत्कृष्ट उत्पादन भएको हुन्डाई मोटर इन्डियाका प्रमुख सञ्चालन अधिकृत तरुण गर्गले बताएका छन्। मार्चमा भारतमा हुन्डाईले ५० हजार ६ वटा कार बिक्री गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.५ प्रतिशत धेरै हो। 

सेमिकन्डक्टर स्टकमा हुनु र सवारीको माग उल्लेख्य रुपमा बढेकाले कार बिक्री बढेको टाटा मोटर्सको प्यासेन्जर भेहिकल एन्ड टाटा प्यासेन्जर इलेक्ट्रिकका प्रबन्ध निर्देशक शैलेष चन्द्रले बताए। नयाँ कार मोडल सार्वजनिक भएकाले पनि कार बिक्री बढेको हो। टाटाले भारतमा मार्चमा ४४ हजार ४४ वटा कार बिक्री गरेको थियो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशत धेरै हो। 

गएको एक वर्ष यता नेपालमा भने कार बिक्री निरासाजनक रहेको छ। सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै २०७९ बैशाखदेखि कार, मोटरसाइकल लगायत विभिन वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। आयात प्रतिबन्ध पुसदेखि खुलेपनि देशमा तरलता अभाव र चर्को ब्याजदरका कारण सवारी बिक्री हुन सकेको छैन। व्यवसायीहरुका अनुसार यो वर्ष नेपालमा कार बिक्री ६० प्रतिशतभन्दा बढीले गिरावट आएको छ। 

अझैपनि ब्याजदरमा कमी नआएको र तरलता सहज नभएकाले कार बिक्री बढ्ने नदेखिएको व्यवसायीहरुको भनाइ छ। 


प्रकाशित : सोमबार, चैत २० २०७९०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend