सोमबार, वैशाख १७ गते २०८१    
images
images

महासंघ चुनावमा आरजू राणाको हस्तक्षेपसँगै टिमभित्र अदलबदल, संघई जिताउन 'टिम आरजू' सक्रीय

images
images
images
महासंघ चुनावमा आरजू राणाको हस्तक्षेपसँगै टिमभित्र अदलबदल, संघई जिताउन 'टिम आरजू' सक्रीय

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणाले संघई जिताउन लबिङ थालेसँगै महासंघको चुनाव अदलबदल भइरहेको हो।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ साधारण सभा तथा नेतृत्व चयनको महाधिवेशन यही चैत २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा व्यवसायीहरूको गुट निर्माण हुन थालेको छ।

images
images
images

अहिले महासंघ चुनाव व्यवसायीलाई भन्दा पनि राजनीति पार्टीहरूलाई बढी लागेको देखिन्छ। विगतमा दिइएको चन्दाको गुन तिर्नमात्रै होइन नयाँ चन्दा असुल्न पनि पार्टी र पार्टीका नेताहरू महासंघको चुनावमा केन्द्रित हुने गरेका छन्। 

images

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने विधानको व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचन लड्नु पर्दैन। उनी ५७ औँ साधारण सभाबाट स्वतः अध्यक्ष हुनेछन्। अहिलेको महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष जित्ने नै ६० औँ साधारण सभाबाट अध्यक्ष हुने हुँदा वरिष्ठमा उम्मेद्‍वारी घोषणा गरेकाहरू गुट बनाएर निर्वाचनमा जाँदैछन्।

images

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, ५४ औँ साधरण सभामा वस्तुगत उपाध्यक्षमा नै निर्वाचन हारेका उमेशलाल श्रेष्ठ र वर्तमान एशोसिएट उपाध्यक्ष रामचन्द्र संघईले वरिष्ठमा उम्मेद्‍वारी दर्ता गराइसकेका छन्।

images
images

पछिल्लो समय नेपाली कांग्रेसको संस्थापन नेतृत्व महासंघको चुनावमा केन्द्रित भएपछि टिम पनि अदलबदल भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणाले संघई जिताउन लबिङ थालेसँगै महासंघको चुनाव अदलबदल भइरहेको हो। जिल्लामात्रै नभएर कांग्रेसनिकट पुराना व्यवसायीलाई समेत फोन गरिएको छ। अञ्जन श्रेष्ठलाई कांग्रेस महामन्त्री गगन थापाको नजिक रहेको आरोप लगाउँदै 'टिम आरजू' सक्रिय भएको छ। जसका कारण श्रेष्ठलाई कांग्रेसबाटै अफ्ठ्यारो पार्न खोजिएको छ। 

अञ्जनले आफ्नो टिम तयार पारेर उम्मेद्‍वारी दर्ता गराइसकेका छन्। तर अञ्जनको टिमबाट एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ नै 'टिम आरजू'को दबाबमा संघई टिममा गएकी छिन्। 

यसैगरी रामचन्द्र संघईले वर्तमान कोषाध्यक्ष शकुन्तला हिराचनलाई वस्तुगत उपाध्यक्ष राखेर टिम तयार पारेका छन्। यसैगरी अञ्जनको टिम छोडेर संघईतिर गएकी ज्योत्सना उनकै टिमबाट एशोसिएट उपाध्यक्ष उम्देवार  छिन्।

अघिल्लो पटक वस्तुगत उपाध्यक्षमा निर्वाचन हारेका उमेशलाल श्रेष्ठको पनि टिम बनिसकेको छ।  उनलाई भने एमालेको साथ छ। उमेशको टिमबाट वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ रहेका छन्। यसैगरी एशोसिएट उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन्।

आरजू राणाको सक्रियतासँगै अञ्जनको टिमबाट एउटा उम्मेद्‍वार नै खोसिए पनि यसले नयाँ घटनाक्रम विकास भएको छ। ज्योत्सना श्रेष्ठ संघईको टिममा गएपछि अञ्जन श्रेष्ठले एशोसिएटमा प्रबलजंग पाण्डे भित्रिएका थिए। तर उमेशलाल श्रेष्ठको टिमका एशोसिएट भरत आचार्य र पाण्डेले सहमति गरेका छन्। एशोसिएट सदस्यमा दुई पक्षका बराबर राख्नेगरि उपाध्यका उम्मेद्‍वार आचार्य हुने भएका छन्। 

भरत आचार्य उमेशलाल र अञ्जन श्रेष्ठको साझा उम्मेद्‍वार भएका छन्। अब दुई वरिष्ठको साझा उम्मेद्‍वार आचार्यसँग संघईको टिममा पुगेकी श्रेष्ठको प्रतिस्पर्धा हुने देखिएको छ। 

वर्तमान वरिष्ठ उपाध्यक्ष ढकाल महाधिवेशनबाट स्वत: अध्यक्ष बन्ने छन्। स्वतः अध्यक्ष बन्ने ढकालले औपचारिक रुपमा आफ्नो समर्थन कसलाई हुने भनेर बोलेका छैनन्। यसअघि उनै टिमबाट एशोसिएट उपाध्यक्ष बनेका संघई तथा वस्तुगतमा निर्वाचन हारेका उमेशलाल श्रेष्ठ दुवैजना वरिष्ठ उपाध्यक्षको दौडमा छन्। तर ढकालले कसलाई सहयोग गर्ने बोलेका छैनन्।

ढकालले आफू कसैको पक्षमा पनि नखुल्ने र निर्वाचित भएर आएका साथीहरू नै आफ्नो टिम हुने बताउँदै आएका छन्। 

महासंघको चुनाव :  वचनबद्ध चन्द्र ढकाल  महासंघको चुनाव :  वचनबद्ध चन्द्र ढकाल 

images

प्रकाशित : मंगलबार, चैत २१ २०७९११:१०

प्रतिक्रिया दिनुहोस