सोमबार, वैशाख १७ गते २०८१    
images
images

महासंघको चुनाव :  वचनबद्ध चन्द्र ढकाल 

images
images
images
महासंघको चुनाव :  वचनबद्ध चन्द्र ढकाल 

चुनावी रणनीतिअनुसार भोटको सहयोग त जसरी पनि हुन्छ। वरिष्ठ उपाध्यक्षले भोट नै नहाल्ने भन्ने कुरा त हुँदैन तर उनले जसरी म कुनै पनि प्यानलको ब्यानरमा देखिन्न भनेका थिए त्यो भने उनले कायम राखेका छन्। यही काम शेखर गोल्छाले २ वर्षअघि गरेका थिएनन्। 

images
images

काठमाडौं- चैत २८ गतेदेखि काठमाडौंमा सुरू हुने नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचनले अहिले काठमाडौंमा उद्योगी व्यवसायीलाई छपक्कै छोपेको छ। 

images
images
images

निर्वाचनका लागि तीनजना वरिष्ठ उपाध्यक्षले प्यानल बनाइसकेका छन्। वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने महासंघमा वरिष्ठ उपाध्यक्षसम्मका लागि निर्वाचन हुन्छ र त्यही पदका आकांक्षी हुनेले आफ्नो प्यानल बनाउँछन्।

images

यो चुनावमा अहिलेका उपाध्यक्ष अन्जन श्रेष्ठ, पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ र वर्तमान उपाध्यक्ष रामचन्द्र संघईले प्यानल बनाएका छन्। योसँगै महासंघमा त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ। 

images

त्रिपक्षीय भिडन्त हुँदा प्रत्येक प्यानलका उम्मेद्वारहरूका सहयात्री तथा भरोसमा आफ्नै छन्। पूर्वअध्यक्षदेखि वर्तमान अध्यक्षसम्मले आफ्नो खुला समर्थन जनाइरहेका छन्। तर यसमा यो पालिको निर्वाचनमा भने वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल कसैका पक्षमा पनि प्रष्ट खुलेका छैनन्। 

images
images

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था पछिल्लो समय दुई कार्यकाल वितेको छ भने ढकाल तेस्रो अध्यक्ष हुनेछन्। यसअघिका दुई वरिष्ठ उपाध्यक्षहरूको कार्यशैलीको ठिक विपरीत ढकालले अहिले आफ्नो गतिविधि बढाइरहेका छन्। 

ढकाल कसैका पक्षमा खुलेर नलाग्ने बताउँछन्। अझ समझदारीका लागि अन्तिमसम्म प्रयास गर्ने आफ्नो चाहना रहेको र त्यसैका लागि अहिले लागिपरेको उनको भनाइ छ। 

‘मैले अहिले कसैका पक्षमा खुल्न मिल्दैन। भोलि जो जितेर आएपनि उहाँहरूसँग काम गर्नुपर्छ त्यसैले म अहिले कसैलाई बोकेर हिड्न मिल्दैन,’ उनले भने। 

महासंघको विधानको भावनाअनुसार कुनै पनि वरिष्ठ उपाध्यक्षले प्रतिस्पर्धीलाई बोक्न नहुने बरु सकेसम्म समझदारीका लागि पहल भने गर्न सकिने उनको भनाइ छ। अहिलेको अवस्था झन् सर्वसम्मत कार्यसमिति चयन गर्नुपर्ने रहेको ढकालले बताए। 

अर्थतन्त्रमा देखिएको समस्या र यस्तोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थामा चरम ध्रुवीकरण गर्नुभन्दा समझदारी गर्न सकिए राम्रो सन्देश जाने उनको भनाइ छ। 

‘म अन्तिमसम्म यसकै लागि लागिपर्छु तर सकिएन भने निर्वाचन त हुने नै भयो तर त्यसमा म कसैका पक्षमा खुलेर लाग्दिन,’ उनले भने। 

ढकालले अहिले आएर एक्कासी यस्तो भावना राखेका होइनन्। उनले आजभन्दा २ वर्ष पहिले अर्थात् २०७७ सालमा यो वचन दिएका थिए कि, ‘म वरिष्ठ उपाध्यक्ष निर्वाचित भए भने अहिले जसरी कुनै उम्मेद्वार वा प्यानल बोकेर हिड्दिन।’

२०७७ सालको मंसिरमा काठमाडौंमा जतिसुकै जाडो भएपनि महासंघको चुनावी गर्मी भने उत्तिकै बढेको थियो। त्यतिबेलाको चुनावमा दुई प्यानल थिए एउटा चन्द्र ढकालको र अर्को किशोर प्रधानको। 

किशोर प्रधानलाई अहिलेका अध्यक्ष र त्यतिबेलाका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बोकेका थिए। प्रधानको प्यानलको घोषणा कार्यक्रममै गोल्छा सहभागी हुन्थे र उनकै टीम थियो। गोल्छाको त्यो कार्यशैलप्रति ढकालले असन्तुष्टि जनाएका थिए। 

वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष हुनका लागि चुनावी प्रतिस्पर्धा गर्न नपर्ने भएकाले कुनै पनि एक प्रतिस्पर्धीलाई बोक्न नपरोस, निर्वाचित हुने टिमसँग तुषरिहत काम गर्ने वातावरण मिलोस र महासंघको कार्यशैली राम्रो होस भन्ने विधानको मनसाय रहेको ढकालको भनाइ थियो। यही कारणले गर्दा वरिष्ठ उपाध्यक्षले निश्चित प्यानल बोक्दा विधानको व्यवस्थाको मर्ममाथि प्रहार हुने उनको भनाइ थियो। 

ढकालले त्यतिबेला जतिसुकै विरोध गरेपनि तत्काली वरिष्ठ र अहिलेका अध्यक्ष गोल्छाले आफै चुनाव लडेजसरी सहभागीता जनाए। तर अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गोल्छाको ठिक विपरीत कतै पनि खुलेका छैनन्। 

चुनावी राजनीति भएकाले कारणले कुनै व्यक्ति वा प्यानलप्रति सद्भाव हुने कुरा स्वभाविक भएपनि ढकालले अहिलेसम्म कतै पनि कसैको व्यानरमा देखिएका छैनन्। महासंघका जिल्ला तथा प्रदेश अधिवेसनहरुमा सक्रिय सहभागीता जनाएका ढकाल अहिले काठमाडौंमा छन्। 

यसअघिको चुनावमा ढकालकै प्यानलबाट उपाध्यक्ष जितेका र एकजना हारेका व्यक्तिले प्यानल बनाएका छन्। यी मध्ये कुनैमा पनि उनको खुला समर्थन देखिएको छैन। 

आफूले यसअघि गरेको बाचामात्र होइन विधानको व्यवस्थाअनुसार काम गरेनको ढकाल बताउँछन्। विधानको मनसाय जे हो र त्यहीअनुसार अन्तिमसम्म अडिग हुने उनको भनाइ छ। 

चुनावी रणनीतिअनुसार भोटको सहयोग त जसरी पनि हुन्छ। वरिष्ठ उपाध्यक्षले भोट नै नहाल्ने भन्ने कुरा त हुँदैन तर उनले जसरी म कुनै पनि प्यानलको ब्यानरमा देखिन्न भनेका थिए त्यो भने उनले कायम राखेका छन्। यही काम शेखर गोल्छाले दुई वर्षअघि गरेका थिएनन्। 

images

प्रकाशित : मंगलबार, चैत २१ २०७९०४:३०

प्रतिक्रिया दिनुहोस