बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

डाबर नेपालको आम्दानी एक वर्षमै ३ अर्ब बढ्यो , ६० प्रतिशत निर्यातबाट 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
images
images
डाबर नेपालको आम्दानी एक वर्षमै ३ अर्ब बढ्यो , ६० प्रतिशत निर्यातबाट 

रियल जुस, डावर च्यवनप्रास, डावर रेड टुथपेस्ट, हाजमोला, डावर अमला हेयर अयल, डावर हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल, ह्यान्डवास लगायत डाबरका मुख्य उत्पादन हुन्।

images
images

काठमाडौं- डाबर नेपालले एक वर्षमा २१ प्रतिशत आम्दानी वृद्धि गरेको छ। 

images
images
images

गएको आर्थिक वर्षमा कम्पनीले १३ अर्ब आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २१ प्रितशत धेरैं हो। अघिल्लो वर्ष कम्पनीले १० अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

कम्पनीको आम्दानी वृद्धि भएपनि मार्जन भने थोरै घटेको छ। अघिल्लो वर्ष कूल आम्दानीको १४ प्रतिशत नाफा गरेको कम्पनीले गत वर्ष भने १३ प्रतिशतमात्र गरेको छ। 

images

कच्चा पदार्थको मूल्यमा भएको वृद्धि तथा बजारको प्रतिस्पर्धाले मार्जिन प्रभावित भएको हो। 

images

डाबर इन्डियाको ९७ प्रतिशत लगानी भएको यो कम्पनीको कूल आम्दानीको बहुमति हिस्सा निर्यातबाट हुने गरेको छ। गत वर्ष कम्पनीको कूल आम्दानीको ६० प्रितशत निर्यातबाट भएको छ। 

डाबर नेपाल नेपालकै ठूलो निर्यातक हो। कूल निर्यातमा डाबर एक्लैले करिब ५ प्रतिशत रकमको वस्तु निर्यात गर्दै आएको छ। डाबरले जुस लगायतका अन्य वस्तु डाबर इन्डियालाई बिक्री गर्दै आएको छ। 

पेय, सौन्दौर्य तथा स्वास्थ्यवर्द्धक वस्तु उत्पादन गर्ने डाबरले नेपालको मुख्य आम्दानी भने खाद्यबाट हुने गरेको छ। नेपालभर सय बढी वितरक तथा एकभन्दा बढी बिक्री केन्द्रको सञ्जाल बनाएको डाबरले आन्तरिक बजारमा विविधता पनि विस्तार गर्दै आएको छ। 

पछिल्लो समय डाबरले नेपालमा  ९ अर्ब ६८ करोड पुँजी थप गर्ने अनुमति लिइसकेको छ। डाबर नेपालमा ९७.५० प्रतिशत डाबर इन्डियाको स्वामित्व छ भने नेपाली साझेदारको २.५ प्रतिशतमात्र स्वामित्व रहेको छ।

२०४७ सालको परिवर्तनसँगै नेपाल आएको डाबरले पछिल्लो सयम नेपालमा जुस लगायतका वस्तुको उत्पादन गरि भारत निर्यात गर्दै आएको छ। निर्यातको सम्भावना बढी भएको वस्तुको उत्पादन क्षमता बढाउने  डाबरले प्राथमिकतामा राखेको छ। 

रियल जुस, डावर च्यवनप्रास, डावर रेड टुथपेस्ट, हाजमोला, डावर अमला हेयर अयल, डावर हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल, ह्यान्डवास लगायत डाबरका मुख्य उत्पादन हुन्।

डाबरले हर्वल प्लान्टको उत्पादनका लागि किसानहरुसँग सहकार्य गरिरहेको बताएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि किसानहरुलाई सहयोग गरिरहेको कम्पनीले जानकारी दिएको छ।

पछिल्लो समय डाबरले नेपालमा आफ्नो आम्दानी बढाउँदै लगेको छ। सन् २०२० मा कम्पनीले नेपालबाट ८ अर्ब ९३ करोड आम्दानी गरेको थियो। कोरोनाका कारणले २०१९ तुलनामा आम्दानीमा केही गिरावट आएको थियो। २०१९ मा कम्पनीले ९ अर्ब आम्दानी गरेको थियो। २०२१ मा १० अर्ब आम्दानी गरेको डाबरले २०२२ मा १३ अर्ब आम्दानी गरेको छ। 

भारत बाहेक डाबरले नेपाल, श्रीलंका, टर्की, बांगलादेश, युएइ, इजिप्ट, नाइजेरिया र दक्षिण अफ्रिकामा उत्पादन प्लान्ट राखेको छ।भारतमै डाबरको स्थापना सन् १९८४ मा भएको थियो।

डाबर नेपालले ६ अर्ब अल्कालीन ऋण सुविधा लिनका लागि क्रेडिट रेटिङ गराएको छ। कम्पनीलाई केयररेटिङ नेपालले एवानप्लस रेटिङ दिएको छ। 

 


प्रकाशित : आइतबार, चैत १९ २०७९०९:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend