बिहीबार , माघ २४ गते २०८१    
बिहीबार , माघ २४ २०८१
images
images

चुनाव हुने हल्लासँगै सेयर बजार पुरानै लयमा, अबको बजार कता?

images
मंगलबार, कात्तिक ९ २०७८
images
images
चुनाव हुने हल्लासँगै सेयर बजार पुरानै लयमा, अबको बजार कता?

प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय सभा र स्थानिय तहको निर्वाचनका लागि निर्वाचन आयोगसँग छलफल गरेसँगै सेयर बजारमा उछाल आएको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगसँग छलफल गरेसँगै सेयर बजारमा उछाल आएको छ। सोमबार देउवाले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भेटेर निर्वाचनका विषयमा छलफल गरेका थिए। 

images
images
images

मंगलबार नेप्से परिसूचक ७८.८२ अंकले बजार बढेको छ। नेप्से २७५१.०७ अंक छोएको छ भने कारोबार रकमसमेत ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९ सय ३१ रुपैयाँ भएको छ। १७९ कम्पनीको सेयर बढ्दा ६ कम्पनीको मात्रै घटेको छ। सोमबार ८७.६३ अंकको सुधार भएको थियो। 

images
images

देउवाको भेटलगत्तै सेयर बजारमा हरियाली छाएको छ। विगत दुई महिनाको अवधिमा ६/७ सय अंकले घटेको सेयर बजारमा देउवाको उक्त भेटले एकाएक रौनक ल्याइदिएको छ। वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने दवावमा सरकार छ। तर राजनीतिक वृत्तमा स्थानीयसँगै प्रादेशक र संघीय चुनावका लागि पनि सरकारले पहल गरिरहेको हल्ला चलेको छ। यदि सबै किसिमका चुनाव भयो भने सेयर बजारमा पुनः सुधार हुने भन्दै बजारबाट बाहिरिएका लगानीकर्ता पनि बजारमा प्रवेश गर्न थालेका छन्।

images
images
images

सेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताले क्रमश: सेयर खरिद गर्न थाले सँगै कारोबार रकम पनि बढेको छ। एक साताको अवधिमै सेयर बजार २३० अंक भन्दा धेरैले सुधार भइसकेको छ। बैंकिङ तरलताले अत्तालिएका लगानीकर्ताहरू चुनावको हल्ला सँगै बजार प्रवेश गर्न थालेका छन्। बजार सुधार हुन्छ भन्ने भए पछि बढ्दो क्रममै सेयर खरिद गर्ने होडबाजी चलेको छ ।

बजार सुधार हुने संकेत सँगै ठूला लगानीकर्ताहरू एभरेजिङ गर्न सुरु गरेका छन्। दसैँअगाडि सेयर खरिद नगर्न सुझाव दिने ब्रोकरहरू पछिल्लो समय सेयर खरिद गर्न सुझाव दिन थालेका छन्। बजार घटिरहेको भन्दै लगानीकर्ताले आफूखुसी सेयर किन्ने र फस्ने भन्दै उनिहरूले कोल्याट्रल नै शून्य बनाइदिएका थिए। कोल्याट्रल भएकाहरूलाई पनि फोन गरेर अहिले सेयर खरिद नगर्नु भन्न भ्याएका थिए। तर अहिले ठीक उल्टो उनीहरूले कोल्याट्रल हालिदिन थालेका छन्।

यदि चुनाव हुने पक्का भयो भने बजारले पुरानै लय समात्ने देखिएको छ। बजार घट्न थालेसँगै लाभांश घोषणा बन्द गरेर बसेका बैंकहरू पनि बजार बढ्न थाले सँगै लाभांश घोषणा गर्न थालेका छन्।

बढ्दो बजारमा लाभांश घोषणा गर्दा कम्पनीको मूल्य बढाएर लाभ लिन सकिने मानसिकताका कारण पनि केही दिनदेखि लाभांश घोषणा गर्ने दर बढेको छ। यस सातामा धेरै वटा बैंकहरूले लाभांश घोषणा गर्ने तयारीमा छन्। अहिलेसम्म १३ बैंकले लाभांश घोषणा गरिसकेका छन्।

nepse 9.PNG


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend