बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

चिनियाँ ऋणले टाट पल्टिएको श्रीलंकाको अर्थतन्त्र लयमा ल्याउन भारत र जापानले सघाउने

images
आइतबार, चैत १९ २०७९
images
images
चिनियाँ ऋणले टाट पल्टिएको श्रीलंकाको अर्थतन्त्र लयमा ल्याउन भारत र जापानले सघाउने

चिनियाँ ऋणको पासोमा परेर तहसनहस भएको श्रीलंकाको अर्थतन्त्र पुनः लयमा फर्काउन थप सहकार्य गरि श्रीलंकालाई सहयोग गर्न जापान र भारतलाई समेत प्रस्ताव गरेको छ।

images
images

काठमाडौं- आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकालाई भारत र जापानले सहयोग गर्ने भएका छन्। श्रीलंकाको अर्थतन्त्र उकास्न भारत र जापानले संयुक्त रुपमा सहयोग गर्ने भएका हुन्। 

images
images
images

श्रीलंकाको दीगो आर्थिक वृद्धि र स्थायित्वका लागि भारत र जापानले सघाउने तय भएको श्रीलंकाको 'थिंकट्यांक पाथफाइन्डर'ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। यो प्रतिवेदन त्यस्तो बेलामा आएको छ जतिबेला श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ। हाल श्रीलंकामा बेरोजगारी बढिरहेको, मूल्यवृद्धि आकाशिएको र गरिबी बढिरहेको छ। यसले देशको आर्थिक-सामाजिक जीवन निक्कै पछाडि धकेलिइरहेको छ। 

सो प्रतिवेदनले चिनियाँ ऋणको पासोमा परेर तहसनहस भएको श्रीलंकाको अर्थतन्त्र पुनः लयमा फर्काउन थप सहकार्य गरि श्रीलंकालाई सहयोग गर्न जापान र भारतलाई समेत प्रस्ताव गरेको छ। थिंकट्यांकको सो प्रतिवेदन गएको साता कोलम्बोमा सार्नजनिक भएको थियो। 

images

प्रतिवेदन सार्वजनिक गर्दा श्रीलंकाका लागि जापानी राजदूत मिजोकोशी हिदाकी र भारतका उच्च अधिकारी गोपाल बागलेय पनि उपस्थित थिए। प्रतिवेदन सार्वजनिक कार्यक्रममा भारतीय उच्च अधिकारी गोपालले भारत र जापान दुवै देश शान्तिपूर्ण, प्रोग्रेसिभ र प्रोसपेरस श्रीलंकाको पक्षमा रहेको बताए। त्यसका लागि दुई देशले वृहत्तर हित सोचेर काम गर्ने उनको भनाइ थियो। यो अभियानले इन्डो-प्याससिफिक क्षेत्रको समृद्धिका लागिसमेत काम गर्ने कार्यक्रममा उल्लेख गरिएको थियो। 

images

केही समयअघि मात्र भारत भ्रमणमा आएका जापानी प्रधानमन्त्रीले समेत इन्डो-प्यासिफिक क्षेत्रको समृद्धिका लागि संयुक्त रुपमा काम गर्न तयार रहेको बताएका थिए। उनले यसका लागि इन्डो-प्यासिफिक क्षेत्रको समृद्धिका लागि खुला र स्वतन्त्र रहेकोसमेत उल्लेख गरेका थिए। 

श्रीलंका इन्डियन ओरियन रिम एसोसिएसन (आईआरओए)को महत्वपूर्ण सदस्य पनि हो। यो संस्थाका लागि भारत र जापानको सहकार्यले श्रीलंकाको उत्थान ज्यादै महत्वपूर्ण हुनेछ। जापान र भारतका लागि मात्र नभइ श्रीलंकाका साथै एसिया क्षेत्रमै यो सहकार्यको अर्थ रहेको गोपालले बताएका थिए। 

श्रीलंकाका लागि जापानी राजदूतले एसिया प्यासिफिक तथा सम्पूर्ण एसिया क्षेत्रका लागि जापान र भारतले सकारात्मक प्रभाव छाड्न सक्ने बताएका थिए। भारत र जापानको सहकार्यले श्रीलंकासहित यस क्षेत्रका सबै देशले लाभ लिनसक्ने जापानी राजदूतको भनाइ थियो। 

अन्तर्राष्ट्रिय मुद्रा कोषले मार्च २० मा श्रीलंकाका लागि ऋण स्वीकृत गरेको थियो। आईएमएफको उक्त निर्णयले श्रीलंकाको आर्थिक पुनरुत्थानका लागि महत्वपूर्ण भूमिका खोल्ने विश्वास जापानले लिएको राजदूतको भनाइ छ। गएको जनवरीमा भारतले पठाएको श्रीलंकाको वित्तीय सुधारका लागि सहयोग गर्ने विषयमा जापानले पनि समर्थज जनाइसकेको उनको भनाइ थियो। 

भारत र जापानले विगतदेखि नै श्रीलंकाको आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आइरहेको छ। आर्थिक रुपमा एसियाका दुई शक्तिशाली मुलुक जापान र भारत श्रीलंकाको अहिलेको मात्र नभएर दीर्घकालीन रहेको जापानी राजदूतको भनाइ छ। 

जापान श्रीलंकाको एक महत्वपूर्ण दाता तथा विकास साझेदार हो। यस्तो साझेदारी विगत ५ दशकदेखि जारी छ।


प्रकाशित : आइतबार, चैत १९ २०७९०६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend