शुक्रबार, असोज १२ गते २०८०    

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी

images
बिजनेस न्युज
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बताएका छन्।

images

काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बताएका छन्। वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मानका साथ विश्व बजारमा श्रम गर्नसक्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ।

images

आज शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुगेका मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका नेपालीको ठूलो योगदान भएकाले यसलाई व्यवस्थित बनाउन लागिपर्ने बताएका हुन्। 

images

'अर्थतन्त्रमा रेमिट्यान्समा महत्वपूर्ण योगदान पुर्‍याउने वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मान र इज्जतका साथ विश्वबजारमा आफ्नो श्रम प्रयोग गर्नसक्ने वातावरण सिर्जना गर्ने मेरो पहिलो प्रयास हुनेछ', उनले भने।

images

विभिन्न देशमा रोजगारीका लागि गैरकानुनी ढंगले जाने अवस्था सिर्जना भइरहेको भन्दै उहाँले यसले उक्त देशसँग दौत्य सम्बन्ध स्थापित गरी सहज बनाउने बताए। मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा हुने ठगी, गैरकानूनी कामको अन्त्य गर्दै श्रमिकको हकहितका लागि काम गर्ने सम्मानित मन्त्रालयका रुपमा अगाडि बढाउन आफू लागिपर्ने बताए।

images

जनताले अनुमोदन गरेको गठबन्धनको सरकार बनेको भन्दै यो स्थायी र दीर्घकालसम्म जाने दाबी गरे। रासस

images

प्रकाशित : शनिबार, चैत १८ २०७९०५:३८
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ