शनिबार, साउन १२ गते २०८१    
images
images
images

विद्युतीय कार ‘एमजी फोर’ पनि नेपाल आउने निश्चित, यस्तो हुनेछ विशेषता र मूल्य

images
शुक्रबार, चैत १७ २०७९
images
images
विद्युतीय कार ‘एमजी फोर’ पनि नेपाल आउने निश्चित, यस्तो हुनेछ विशेषता र मूल्य

एमजी फोर विद्युतीय क्रसओभर कार एसएआईसीले बनाएको मोडुलर स्केलवल प्लेटफर्म (एमएसपी)मा आधारित रहेर बनेको हो। 

images

काठमाडौं- एमजी मोटरले नयाँ विद्युतीय कार एमजी फोर पनि नेपाल आउने निश्चित भएको छ। हालै ९९ किलोवाट मोटर क्षमताको एमजी जेडएस ईभीको बुकिङ खुलाएको पारामाउन्ट मोटर्सले एमजी फोर पनि नेपाल ल्याउने तय गरेको हो। 

images
images

चीनमा मुलान नाममा बिक्री भइरहेको कार युरोपेली तथा एसियाली बजारलाई लक्षित गरेर एमजी फोर नाममा ल्याएको थियो। गएको जनवरीमा भारतको ग्रेटर नोयडामा भएको अटो एक्सपोमा एमजी फोर सार्वजनिक गरेको थियो। 

images

पारामाउन्ट मोटर्स स्रोतका अनुसार एमजी फोर विद्युतीय कार आगामी साउन भित्र नेपाली बजारमा आइसक्ने छ। आकर्षक विशेषता र सेगमेन्टमै उकृष्ट रेन्जमा एमजी फोर उपलब्ध हुनेछ। 

एमजी फोरले युरोपमा फक्सवागन आईडी थ्री तथा किया निरो ईभीसँग समेत प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। एमजी फोरले एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ।  

images

एमजी फोर विद्युतीय कार चीनमा भने एमजी मुलान नाममा बिक्री भइरहेको छ। बेलायती ब्रान्ड एमजी (मोरिस ग्यारेज) केही वर्षअघि चिनियाँ कम्पनी एसएआईसीले किनेको थियो। एमजी फोर विद्युतीय क्रसओभर कार एसएआईसीले बनाएको मोडुलर स्केलवल प्लेटफर्म (एमएसपी)मा आधारित रहेर बनेको हो। 

यो प्लेटफर्मले विद्युतीय कारको भविष्यमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको छ। सो मोडुलर प्लेटफर्म अन्तर्गत उत्पादन हुने कारमा ४० देखि १५० केडब्लूएचको ब्याट्री हुनेछ। 

एमजी फोर निक्कै आकर्षक डिजाइनमा बनाइएको छ। युरोपमा एमजी फोर १६७ एचपी र २०१ एचपी अप्सनमा बिक्री हुनेछ। यो पावरको कार सिंगल मोटरवाला हुनेछ। फोर ह्वील ड्राइभ कारमा दुई वटा मोटर हुने र यसले ४४३ एचपी पावर दिन्छ। 

एमजी फोरले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ३.८ सेकेन्डमै भेट्नेछ भने अधिकतम गति १ सय ६० किलोमिटर प्रतिघण्टा रहेको दाबी कम्पनीको छ। १६७ एचपी पावरयुक्त कारमा ५१ केडब्लूएचको ब्याट्री हुने र यसले ३ सय ५० किलोमिटर रेन्ज दिनेछ। त्यस्तै २०१ एचपी र ४४३ एचपी भेरियन्टमा ६४ केडब्लूएनको ब्याट्री हुने र यी कारले ४ सय ५० किलोमिटरसम्म माइलेज दिने दाबी कम्पनीको छ। 

यो कारमा लिथियम आयन फोसफेट (एलएफपी) वा लिथियम निकेल म्यागनेस कोबल्ट (एलएनएमसी) ब्याट्री सेल हुने भन्ने खुलाइएको छैन। 

एमजीले भारतमा एमजी जेडएस ईभी कार बिक्री गर्दै आएको छ। यो कार नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री भइरहेको छ। कोभिडपछिको सप्लाई चेनमा आएको समस्या र १ सय किलोवाटभन्दा बढी मोटर क्षमताको विद्युतीय कारमा एक्कासी कर वृद्धि हुँदा एमजी जेडएस ईभीको आयात प्रभावित भएको थियो। 

तर अब भने एमनी जेडएस ईभी ९९ किलोवाट मोटर क्षमतामा आउने तयभएसँगै पारामाउन्ट मोटर्सले जेडएस ईभीको बुकिङ खुला गरेको छ। कम्पनीका अनुसार अबको एक महिनाभित्र बुकिङ गरेका उपभोक्ताले जेडएस ईभी पाउने छन्। 

एमजीले ९९ किलोवाट मोटर क्षमतामा आएको जेडएस ईभी कम्फर्ट भेरियन्टको ४८ हजार ४९ हजार र डिलक्स भेरियन्टको ५२ लाख ४९ हजार रुपैयाँ तोकेको छ। आगामी साउनसम्म नेपाल आइसक्ने एमजी फोर ईभीको मूल्य जेडएस ईभी कम्फर्टको भन्दा कम हुने अनुमान गरिएको छ। ४५ लाख हाराहारीमा आउने एमजी फोर दुई ब्याट्री अप्सनमा नेपाल आउने अनुमान गरिएको छ। 


प्रकाशित : शुक्रबार, चैत १७ २०७९१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend