बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

काबुबाहिर छैन बैंकिङ क्षेत्रको खराब कर्जा, भारतको भन्दा अब्बल स्थितिमा नेपाल

ऋण ढिला तिरेका हुन्, संस्था नै टाट पल्टिएका होइनन् - अध्यक्ष केसी

शनिबार, चैत १८ २०७९
काबुबाहिर छैन बैंकिङ क्षेत्रको खराब कर्जा, भारतको भन्दा अब्बल स्थितिमा नेपाल

काठमाडौं- नेपालमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जाले राष्ट्र बैंकदेखि बैंकर्ससम्मलाई त्रास थपेको छ। ऋणकर्ताको ब्याज र किस्तासँगै कर्जा नवीकरण हुन छाडेपछि खराब कर्जा बढ्दै गएको छ। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त क्षेत्रमा खराब कर्जाको ग्राफ बढ्दो छ। 

चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको वित्तीय विवरणअनुसार खराब कर्जा ११२.३१ प्रतिशतले वृद्धि भएको छ। अब आउने तेस्रो त्रैमासको विवरणमा खराब कर्जा झनै बढ्ने आँकलन गरिएको छ। नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म समग्रमा वित्तीय संस्थाहरूको खराब कर्जा ५ प्रतिशतसम्म पुग्ने आँकलनमा तयार रहन बैंकर्सहरूलाई आग्रह गरिसकेको छ।

नेपालमा खराब कर्जा बढ्दै गए पनि काबुबाहिर नजाने बैंकर्सहरूले बताउँदै आएका छन्। नेपालमा खराब कर्जा केही बढेता पनि एसियाली मुलुकहरू भन्दा राम्रो अवस्था रहेको तथ्यांकमा देखिएको छ। 

राष्ट्र बैंकका अनुसार २०७९ माघमा वाणिज्य बैंकहरूको २.४९ प्रतिशत, विकास बैंकहरूको २.८२ प्रतिशत र फाइनान्स कम्पनीहरूको ७.८२ प्रतिशत खराब कर्जा रहेको छ। जबकि, २०७८ माघमा वाणिज्य बैंकहरूको १.१८ प्रतिशत, विकास बैंकहरूको १.४२ प्रतिशत र फाइनान्स कम्पनीहरूको ७.०५ प्रतिशत खराब कर्जा रहेको थियो। 

सबैभन्दा बढी बंगलादेशको खराब कर्जा

पछिल्लो तथ्यांकलाई हेर्ने हो भने दक्षिण एसियाली मुलुहरू मध्ये सबैभन्दा धेरै खराब कर्जा बंगालादेशको देखिन्छ। बंगालादेशको ७.९७ प्रतिशत खराब कर्जा रहेको छ। भने दोस्रोमा पाकिस्तान रहेको छ। विश्व बैंकको तथ्यांकअनुसार पाकिस्तानको खराब कर्जा ७.८८ प्रतिशत रहेको छ।

npl 11.JPG

भने माल्दिभ्सको ६.७२ प्रतिशत रहेको छ भने भारतको ६.५४ प्रतिशत खराव कर्जा रहेको छ। तर नेपालको भने गतवर्षको तुलनामा बढेपनि दक्षिण एसियाली मुलुकहरूको भन्दा निकै तल रहेको छ। नेपालको पुस मसान्तसम्म २.३५ प्रतिशत मात्रै रहेको छ। गतवर्ष असारसम्म जम्म १.२० प्रतिशत मात्रै रहेको थियो। 

नेपालको खराब कर्जा दशकअघिकै बिन्दुमा

नेपालको बैंकहरूको खराब कर्जा यसपटक दशकअघिकै अवस्थामा पुगेको छ। २०६७ सालमा २.४८ प्रतिशत रहेको थियो भने अहिले २०७९ सालमा २.३५ प्रतिशतमा आएको छ। ‘नेपालको खराब कर्जा फरक हो, कम्पनी र उद्योग बन्द भएको अवस्था होइन केही समय ढिला मात्रै भएको हो,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। केही समयमा अवस्था सहज हुने समेत उनको बुझाइ छ। 

‘बैंकिङ भनेको विशुद्ध स्वचालित प्रणाली हो, यसमा हरेक विषय पारदर्शी, अनुमानयोग्य र अनुभवजन्य प्रचलनहरू हुन्छन्,’ अध्यक्ष केसीले भने। यस्तो विषयलाई सडकमा लिएर जान नहुने समेत केसी बताउँछन्।

कुन वर्ष कति खराब कर्जा?

npl.JPG


खराब कर्जा बढ्दै जाँदा के हुन्छ?

आर्थिक वर्षको अन्त्यसम्म पनि सुधार नगरी खराब कर्जा ५ प्रतिशतबाट उकालो लाग्यो भने केन्द्रीय बैंकले हस्तक्षेप गर्नेछ।

खराब कर्जा बढेपछि सिधै नाफामा असर गर्नेछ। ग्राहकहरूलाई ऋण दिएका हुन्छन् र ऋणीले ऋण फिर्ता नगर्ने जोखिम पनि हुन्छ। जसको ऋण निष्क्रिय भएको भनिन्छ। जब बैंकले ऋणीकर्ताले भुक्तानी गर्न असम्भव छ भनेर वा ऋणीकर्ताले भुक्तानी गर्न ९० दिन ढिलो भएमा ऋण निष्क्रिय हुन्छ।

निष्क्रिय कर्जा (एनपीएल) ले बैंकहरूको आम्दानी घटाउँछ र घाटा निम्त्याउँछ, जसले तिनीहरूको सुदृढतामा असर गर्छ। उच्च स्तरको निष्क्रिय कर्जा भएका बैंकहरूले घरपरिवार र कम्पनीहरूलाई ऋण दिन असमर्थ छन्। यो समग्र अर्थतन्त्रका लागि हानिकारक हुने गर्दछ।

प्रत्येक बैंकले आफ्नो ऋणमा घाटाको लागि तयारी गर्दछन्। बैंकले क्रेडिट जोखिमलाई सुधार गर्न, बैंकले ऋणमा अपेक्षित भविष्यको नोक्सानको अनुमान गर्दछ र सम्बन्धित प्रोभिजन बुक गर्दछन्। प्रोभिजन बुक गर्नुको अर्थ बैंकले समय अगावै ऋणमा भएको नोक्सानीलाई पहिचान गर्दछन्। बैंकहरूले घाटाको सुधार गर्न अन्त्य गर्न आफ्नो पुँजी प्रयोग गर्दछन्। प्रोभिजन बुक गर्दा बैंकले घाटा लिन्छ र त्यसैले ग्राहकबाट संकलन गर्न नसक्ने रकमले आफ्नो पुँजी घटाउँछ।

बैंकहरूले पूर्ण मूल्यको लागि प्रोभिजन बुक गर्नुपर्दैन। किनभने उनीहरूले अझै पनि ग्राहकबाट केही भुक्तानीहरू प्राप्त गर्न सक्छन्। बैंकहरूले पनि सम्पत्ति बेचेर ऋण उठाउने गर्दछन्।


प्रकाशित : शनिबार, चैत १८ २०७९०२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend