शनिबार, साउन १२ गते २०८१    
images
images
images

टाटा कमर्सियल गाडीहरुका लागि सिप्रदीको सर्भिस अब बाग्लुङबाट पनि 

images
शुक्रबार, चैत १७ २०७९
images
images
टाटा कमर्सियल गाडीहरुका लागि सिप्रदीको सर्भिस अब बाग्लुङबाट पनि 

नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरुबाट टाटा कमर्सियल गाडीहरुको लागि आवश्यक सम्पूर्ण सेवा तथा सुविधा प्रदान गर्नेछ।

images

काठमाडौं- सम्पूर्ण टाटा कमर्सियल गाडीहरुलाई सर्वसुलभ तथा उच्चकोटिको सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सिप्रदी टे«डिङ प्रालिले बागलुङमा आफ्नो २६औं शाखा सञ्चालनमा ल्याएको छ। यही चैत्र १६ गते एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको सुरुवात गरेको हो। 

images
images

उक्त अवसरमा सिप्रदी टे«डिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त कम्पनिको प्रमुख व्यवसायिक लक्ष्य भनेको विकाससील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए। ग्राहकको चाहना र आवश्यक्तालाई पहिलो प्राथमिकता दिएर हालको अवस्थालाई ध्यानमा राखी सिप्रदीले टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको छ। 

images

त्यसैगरि टाटा प्रोटेक्ट अन्र्तगतको सेवा तथा सुविधाहरुको माध्यमबाट ग्राहकहरुलाई छिटो सेवा प्रदान गरि गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्नमा विशेष जोड दिँदै आएकोे जानकारी श्रेष्ठले दिए। सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरुलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्नेछन्। 

त्यसको साथै टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशत सम्म र जेन्यूइन आयलमा २५ प्रतिशत सम्मको छुट सुविधाहरु प्राप्त गर्न सक्ने छन्। टाटा प्रोटेक्ट अन्र्तगत ४ घण्टाभित्र सर्भिसिङका कामहरुको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टाभित्र ममर्त कार्यको ग्यारेन्टी प्रदान गर्नेछ। यदि नभएमा प्रति दिन ११ सय रुपैयाँका दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ। त्यसैगरी एक्सिडेन्टल कार्यहरुको लागि नगद रहित बीमा दावी सुविधाको साथमा ६० दिन भित्र गाडी मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ। 

images

ग्राहकहरुको गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्नको लागि विविध खालको एएमसी सुविधाहरु पनि प्रदान गर्नेछ। अफरोड भएका गाडीहरुको लागि टाटा अर्लट अन्तर्गत ६ घण्टाभित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टाभित्र समाधान गर्नेछ।

उक्त वर्कशपको सञ्चालनसँगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरि नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरुबाट टाटा कमर्सियल गाडीहरुको लागि आवश्यक सम्पूर्ण सेवा तथा सुविधा प्रदान गर्नेछ।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरीले ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend