बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

बढ्दो अमेरिका-चीन तनावबीच जापानले चिप बनाउने उपकरण निर्यात रोक्ने

images
शुक्रबार, चैत १७ २०७९
images
images
बढ्दो अमेरिका-चीन तनावबीच जापानले चिप बनाउने उपकरण निर्यात रोक्ने

विश्वका धेरै चिप बनाउने उपकरण उत्पादन गर्ने कम्पनीहरु जापानमै छन्।

images
images

काठमाडौं- जापान सरकारले चिप उत्पादन गर्ने उपकरणको निर्यातमा रोक लगाउने घोषणा गरेको छ। शुक्रबार जापानले २३ प्रकारका सेमिकन्डक्टर उत्पादन उपकरण निर्यातमा रोक लगाउने बताएको हो। 

images
images
images

अमेरिका र चीनबीच चिपसहित अन्य व्यापारका विषयमा तनाव बढी रहेको छ। प्रविधि व्यापारमा अमेरिकी खेमामा रहेको जापानले विभिन्न २३ प्रकारका सेमिकन्डक्टर निर्यात नगर्ने बताएको हो। जापानले यस्ता उपकरण निर्यातमा रोक लगाएपछि चीनको एडभान्स्ड चिप उत्पादनमा ह्रास आउने छ। 

जापान चिप उपकरण उत्पादक देशहरूको घर हो भन्दा फरक पर्दैन। विश्वका धेरै चिप बनाउने उपकरण उत्पादन गर्ने कम्पनीहरू जापानमै छन्। जापानी चिप उपकरण निर्माता निकोन कर्प, टोक्यो इलेक्ट्रिोनलगायत कम्पनीले चीनमा मात्रै निर्यात नगर्ने नबताए निर्यातका लागि अनुमति आवश्यक भएका बताएका छन्। उनीहरूले सबै क्षेत्रमा हुने निर्यातका लागि अनुमति लिनु पर्ने निर्देशन आएको उल्लेख गरेका छन्। 

images

प्रविधि उत्पादन गर्ने राष्ट्रका रुपमा जापानले आफ्नो जिम्मेवारी अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वका लागि पूरा गरिरहेको अर्थ, व्यापार तथा उद्योग मन्त्रीले बताएका छन्। जापानले मिलिटरी प्रयोजनका लागि एडभान्स्ड प्रविधिको निर्यात रोक्नु आफ्नो लक्ष्य भएको समेत स्पष्ट पारेको छ। 

images

तथापी जापानले आफूले एउटा मुलुकका लागि मात्र निर्यात रोक्ने मनसाय नराखेको दाबी गरेको छ। तर जापानको उक्त निर्णयले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले लिएको नीतिकै विजय भएको रोयटर्सले लेखेको छ। बाइडेन प्रशासनले गएको अक्टोबरमा अमेरिकी चिप उत्पादन प्रविधिमा चीनको पहुन नहुने घोषणा गरेको थियो। 

चिपउत्पादन उपकरण उत्पादनको हेविवेट मानिने जापान र नेदरल्यान्डको समन्वयबीना अमेरिकाले चालेको कदम फिका भइरहेको थियो। जापान र नेदरल्यान्ड गएको जनवरीमा अमेरिकाले भनेबमोजिम चीनतर्फ चिप उत्पादन उपकरण निर्यात नगर्न सहमत भएका थिए। तर जापानले औपचारिक रुपमा यस्तो बताएको थिएन। शुक्रबार भने जापानले कुनै एक देशमा नभइ असहज परिस्थिति आएको भन्दै चिप उत्पादन उपरकण निर्यात नगर्ने घोषणा गरेको हो। 

जापान र चीन मुख्यगरि १४-सब नानोमिटर चिप उत्पादन निर्यात नगर्ने निष्कर्षमा पुगेका हुन्। तर टोकियोले सार्वजनिक रुपमा यस्तो निर्णय भएको स्वीकार गरेको छैन। एक मिटरको अर्बभागको एक भाग नानोमिटर हो। यो त्यस्तो स्पेसिफिक सेमिकन्डक्टर इन्डस्टिङ प्रविधि हो जुन अधिक एडभान्स्ड चिप हो। 

जापानले चिप उत्पादनमा प्रयोग हुने ६ वर्गका उपकरणको निर्यातमा नियन्त्रण गर्ने बताएको छ। चिप उत्पादनको मुख्य उपकरणसहित क्लिनिङ, डिपोजिसन, लिथोग्राफि, इचिङलगायतको निर्यात रोकेको हो। 

जापानले आउँदो जुलाईदेखि निर्यात नगर्ने निर्णय कार्यान्वनमा आउने बताएको छ। यो निर्याय निकोन, टोक्यो इलेक्ट्रिोन, स्क्रिन होल्डिङसलगायत दर्जन जापानी कम्पनीले निर्यात गर्ने छैनन्। 

कुनै समय चिप उत्पादन उपकरणमा जापानी दबदबा नै थियो। तर पछिल्लो समय जापानको बजार हिस्सा १० प्रतिशतले घटेको छ। यद्यपी जापान चिप बनाउने उपकरण र सेमिकन्डक्टर सामग्रीका लागि मुख्य आपूर्तिकर्तामै पर्छ। टोक्यो इलेक्ट्रिोन र स्क्रिन अहिले पनि विश्वको पाँचौ धेरै चिप उत्पादन गर्ने कम्पनीमा पर्छ। त्यस्तै अन्य जापानी कम्पनीहरूको पनि चिप उत्पादन उपकरण निर्यामा ठूलो हिस्सा रहेको छ।

चिप सवारीसाधनदेखि मोबाइल उपकरण र अन्य विद्युतीय उपकरणका लागि अत्यावश्यक छ। कोरोना महामारीयता विश्वभर सप्लाई चेनमा भएको ब्रेकका कारण चिप अभाव हुँदै आएको छ जुन हालसम्म समाधान हुन सकेको छैन। पछिल्लो समय चिप उत्पादनमा शक्ति राष्ट्रहरूले इगोको रुपमा लिएका छन्। धेरै जसो देशले आफैं चिप उत्पादन गर्ने भन्दै अर्बौं डलर लगानीको घोषणा समेत गरेका छन्।  


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend