बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

एडीबीको सहयोगमा स्यानिटेशन ह्‍याकाथन हुँदै, अब्बल आइडिया प्रस्तुत गर्नेले ४० हजार डलर अनुदान पाउने 

छानिएको एउटा कम्पनीले नेपालगञ्ज र भरतपुरमा काम गर्नुपर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १७ २०७९
images
images
एडीबीको सहयोगमा स्यानिटेशन ह्‍याकाथन हुँदै, अब्बल आइडिया प्रस्तुत गर्नेले ४० हजार डलर अनुदान पाउने 

ह्याकाथन नेपाल विज्ञान प्रविधि प्रतिष्ठान ललितपुरमा अप्रिल २७ देखि २९ सम्म सञ्चालन हुनेछ।

images
images

काठमाडौं- एसियाली विकास बैंकको सहायतामा नेपाल रोबोटिक्स एसोसिएसनले नेपालमा स्यानिटेसन ह्‍याकाथन आयोजना गर्ने भएको छ। सहरी सरसफाइको व्यवस्थापनमा सहयोग पुग्नेगरि यो आयोजना हुन लागेको हो। 

images
images
images

एसोसिएसनले एडीबी र विभिन्न सरकारी निकायको सहयोगमा आयोजना गर्न लागेको यो कार्यक्रमबाट सहरी सफाइमा नवीन सोच र आइडियाको खोजी गर्ने उद्देश्य राखेको छ। एडीबीको एसिया प्यासेफिक क्षेत्रको सफाई परियोजना अन्तर्गतको नेपाल च्याप्टरको सहायतामा सञ्चालन हुने छ। 

सरहरी सफाई व्यवस्थापनमा प्रविधिको प्रयोग गरि सफाई कर्मचारीको मर्यादित कार्यशैली स्थापित तथा विकास गर्नका लागि कार्यक्रम आयोजना हुने छ। 

images

नेपालमा सरसफाई कामदारहरूको स्वास्थ्य, सुरक्षा, कल्याण र कामको अवस्थालाई सुधार गर्न सक्ने नवीन आइडियाहरू वा प्राविधिक समाधानहरू सहितको स्टार्ट-अप कम्पनी पहिचान गर्नु ह्याकाथनको लक्ष्य रहेको छ। 

images

यसमा नवीन र उत्कृष्ट परियोजना प्रस्तुत गर्ने एकजना विजेता हुनेछ। र यसरी विजेता हुनेले एडबीबाट ४० हजार डलर अनुदान पाउनेछ। यस्तो स्टार्टअपले नेपालगञ्ज र भरतपुरमा काम गर्नुपर्ने छ। 

यसमा सहभागी हुनका लागि adbhackathon.org मा गएर आफ्नो आइडियासहितको आवेदन दिनुपर्ने छ। नेपालभर रहेका कम्पनी तथा कम्पनीहरूको सयुक्त उपक्रमले यसमा सहभागिता जनाउन पाने छन्। 

यसरी आवेदन दिएकामध्येबाट १० वटा प्रतिस्पर्धी छनौट हुने छन्। छानिएका १० कम्पनीले मोडल विकासका लागि ५ सय डलर अनुदान पाउनेछन्। यो रकमबाट उनीहरू ले परियोजना विकासमा खर्च गर्नेछन्। 

ह्याकाथनले सम्भावित आविष्कारकहरूको पूर्व-छनोट र छोटो-सूची, अभिमुखीकरण सत्रहरू, नवीन आइडियाको पिचिङ, स्थानीय डिजाइन प्रदर्शनहरू, र आधुनिक प्रविधि पहिचान सहितको ह्याकाथनजस्ता विभिन्न गतिविधिहरू प्रस्तुत गर्नेछ। यो कार्यक्रम एक महिनाको अवधिमा सञ्चालन हुनेछ, र नेपालभरका आविष्कारकहरूलाई सहभागी हुन प्रोत्साहित गरिने एसोसिएसनले जानकारी दिएको छ। 

ह्याकाथन नेपाल विज्ञान प्रविधि प्रतिष्ठान ललितपुरमा अप्रिल २७ देखि २९ सम्म सञ्चालन हुनेछ।


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०३:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend