बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बैंकिङ प्रणाली सहज बन्दै, दुईखर्ब ऋण लगानी गर्ने अवस्थासँगै ब्याजदर घट्दै

शुक्रबार, चैत १७ २०७९
बैंकिङ प्रणाली सहज बन्दै, दुईखर्ब ऋण लगानी गर्ने अवस्थासँगै ब्याजदर घट्दै

काठमाडौं- बैंकिङ प्रणाली सहज बन्दै गएको तथ्यांकले देखाएको छ। गतवर्षदेखि ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका वाणिज्य बैंकहरू अहिले झन्डै २ खर्ब ऋण लगानी गर्न सक्ने अवस्थामा पुगेको तथ्यांकले देखाएको छ। 

वाणिज्य बैंकहरूमा साउनयता मात्रै २ खर्ब २७ अर्ब निक्षेप बढेको छ। जुन वृद्धि ४.९९ प्रतिशतले हो। ऋण लगानी साउन १ देखि चैत १० गतेसम्म १ खर्ब १ अर्बमात्रै भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ। ‘अहिले स्थिति सहज बन्दै गएको छ, हल्ला गरिए जस्तो अवस्था छैन,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। निक्षेप बढ्दो ट्रेण्डले अब ब्याजदर वृद्धिमा ब्रेक लाग्दै घट्दो दरमा जाने समेत अध्यक्ष केसी बताउँछन्। 

dipo 1.JPG

गत साउन महिनामा १ खर्ब ८ अर्बले घटेको निक्षेप त्यसयता लगातार बढिरहेको छ। तथ्यांकअनुसार भदौमा ५२ खर्ब, असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९५ अर्ब, माघमा २५ अर्ब र फागुनमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। चैत १० गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४७ खर्ब ६८ अर्ब पुगेको छ भने ऋण लगानी ४२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। 

मुद्दती खातामा पैसा बचत गर्नेको संख्या बढ्यो

तथ्यांकअनुसार मुद्दती खातामा पैसा राख्नेहरूको संख्या बढ्दै गएको छ। सेयर बजार र घरजग्गा कारोबार सुस्त हुँदा ब्याज बढी आउने भएपछि मुद्दती खातामा पैसा राख्नेहरू बढेका हुन्।

dio 22.JPG

तथ्यांकअनुसार मुद्दती खातामा राख्नेको हिस्सा ५८.२० प्रतिशत रहेको छ। यस्तो हिस्सा गतवर्ष ५२.७५ प्रतिशत रहेका थिए। वाणिज्य बैंकहरूमा २२ खर्ब ७४ अर्ब १० करोड रुपैयाँ रहेकोमा यसवर्ष ४ खर्ब ८५ अर्बले बढेर २७ खर्ब ५९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। 

सीडी रेसियो घट्दै

साउनमा ८८ प्रतिशतसम्म पुगेको सीडी रेसियो अहिले घटेर ८५.५० प्रतिशतमा आएको छ। यसले बैंकहरूले ऋण लगानी गर्न सक्ने देखिएको छ। साउनमा ८८.५० प्रतिशत सम्म पुगेको थियो। भने धेरै बैंकहरूलाई नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमा राख्न हम्मे हम्मे परेको थियो। 

cd.JPG

ब्याजदर घट्दै

पछिल्लो तथ्यांक हेर्ने हो भने ब्याजदर पनि घट्दै गएको छ।  पछिल्लो समय बैंकहरूको ब्याजदर चर्को भएको भन्दै व्यवसायीहरू सडक आन्दोलन गरिरहेका छन्। दुर्गा प्रसाईं जस्ता विवादास्पद व्यवसायीले पनि बैंकविरुद्ध अराजक गतिविधि गरिरहेका छन्। बाहिर चर्चामा आएजस्तो बैंकको ब्याजदर महँगो नभएको केसीले बताए।

intrest 1.JPG

‘कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महँगो भयो भन्न मिल्दैन, अहिलेको ब्याजदर लकडाउन हुनुभन्दा ठीकअघिको अवस्थामा पुगेको मात्रै हो,’ केसीले भने, ‘यद्यपि यो ब्याजदर पनि घटाउन हामी प्रयासरत छौँ।’ ब्याजदर कुनै आन्दोलन गरेर घटबढ नहुने उनले प्रष्ट पारे।

संसारभर ब्याजदर बढेको बेला नेपालमा १८ लाखको मुख हेरेर ब्याज घटाउने सम्भावना कम भएको उनले बताए। तथापि कम ब्याजदर होस् भन्नेमा बैंकर्सहरू पनि रहेको उनको भनाइ छ। बैंकिङ क्षेत्रमा आक्रमण हुने हो भने चलाउन सक्दैनौँ भनेर प्रधानमन्त्रीलाई भनेको र प्रधानमन्त्रीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको उनले सुनाए। 


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend