बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १६ २०७९
images
images
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल

विश्वविद्यालयले विकास गरेको प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए।

images
images

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताएका हुन्।

images
images
images

विश्वविद्यालयले विकास गरेको प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ। विश्वविद्यालयका वैज्ञानिकले भैँसीको अप्राकृतिक प्रजनन गराउने प्रविधिको विकास, गहुँको गर्मी सहनसक्ने जातको विकास, चिलापिया माछाको उत्पादन गर्ने प्रविधिले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ।

करिब छ दशकअघिसम्म शिक्षाको कमी हुँदा अग्र्यानिक खेतीमार्फत आत्मनिर्भर मात्र नभई निर्यातसमेत गर्ने गरेको बताउँदै उनले अहिले बर्सेनि आयात बढ्नुले कहाँ कमजोरी भएको हो पत्ता लगाउनु जरुरी रहेको बताए। उनले भने, 'अहिले आयात गर्ने अवस्थामा कसरी पुगियो। त्रुटि कहाँ छ भन्ने अब शिक्षित वैज्ञानिकले खोज्नु पर्नेछ।'

images

सातवटै प्रदेशमा यस विश्वविद्यालयले आङ्गिक क्याम्पस बिस्तार गरेको बताउँदै उनले आगामी दिनमा अझै सुधार हुने विश्वास व्यक्त गरे। दीक्षित भएका विद्यार्थीको अबको बाटो भनेको दशको समग्र कृषि क्षेत्रको विकासमा योगदान दिने रहेको उनको भनाइ थियो। 

images

उनले भने, 'आफूले सिकेको ज्ञान, सीप कृषकसमक्ष बाँड्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।'

विसं २०६७ देखि कृषि सङ्काय, पशुचिकित्सा, मत्स्यचिकित्सा एवं वन सङ्कायमा दक्षजनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस विश्वविद्यालयले कृषि अनुसन्धान र प्रसारलाई आत्मसात् गरेको उनले बताए। कृषि उत्पादनमा देखिएको समस्या चुनौतीलाई विश्वविद्यालयले आवश्यकता महसुस गरी समाधान गर्नुपर्ने उनले बताए।
 
प्रधानमन्त्री दाहालले कृषि विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको स्वामित्व विवाद समाधान भइसकेको र कार्यान्वयनको चरणमा रहेको बताए। समायोजनमा आएका कर्मचारीको विस्तृत छलफलबाट समाधान खोजिने उनको भनाइ छ।
 
समारोहमा भारतका डा वाइएस पारमर विश्वविद्यालयका उपकुलपति (भाइचान्सलर) प्रा डा राजेश्वरसिंह चण्डाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी लगायतले बोलेका थिए। रासस


प्रकाशित : बिहीबार , चैत १६ २०७९१३:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend