काठमाडौं- बिहीबार सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला तीनसय रूपैयाँले घटेको हो।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ७ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार कायम थियो।
चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले बढेको छ। चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार २ सय ७५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।