बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

अर्थतन्त्र चलायमान नहुँदा बीमा कम्पनीको व्यवसायमा धक्का, बीमा शुल्क ११ प्रतिशतले घट्यो

बिहीबार , चैत १६ २०७९
अर्थतन्त्र चलायमान नहुँदा बीमा कम्पनीको व्यवसायमा धक्का, बीमा शुल्क ११ प्रतिशतले घट्यो

काठमाडौं- पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याको असर बैंक वित्तीय क्षेत्रमा मात्रै नभएर इन्स्योरेन्स कम्पनीमा समेत परिरहेको छ। अर्थतन्त्र चलायमान नहुँदा बीमा शुल्क संकलन घट्दो क्रममा रहेको छ।

पछिल्लो समय जीवन बीमा कम्पनीहरूको व्यवसाय घटिरहेको छ। फागुन महिनामा पनि जीवन बीमा कम्पनीहरूको व्यवसाय ११.७३ प्रतिशतले घटेको छ। बीमाकर्ताहरूले पछिल्लो समय बीमा शुल्क तिर्न छाडेपछि बीमा शुल्क लगातार घटिरहेको हो। 
 
फागुन महिनामा मात्रै १० अर्ब ३६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरूको ब्यापार माघ महिनाको तुलनामा ११.७३ प्रशितले घटेको हो।

सबै भन्दा ठूलो कारोबार गर्ने नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७३ करोडको बीमा संकलन गरेको छ। कम्पनीको पनि माघ महिनाको तुलनामा ९ प्रतिशतले घटेको छ। कम्पनीले माघ महिनामा ३ अर्ब रुपैयाँ बीमा संकलन गरेको थियो। त्यस्तै दोस्रो धेरै बीमा संकलन गर्ने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब २७ करोड रुपैयाँ बीमा संकलन गरेको छ। कम्पनीको पनि माघको तुलनामा १५ प्रतिशतले घटेको छ। कम्पनीले माघ महिनामा १ अर्ब ४९ करोड रुपैयाँ बीमा संकलन गरेको छ। 

माघ महिनामा १८ जीवन बीमा कम्पनीहरूले ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए। १८ मध्ये अधिकांश जीवन बीमा कम्पनीको बीमा ब्यवसाय फागुन महिनामा खस्किएको छ भने दुई जीवन बीमा कम्पनीले माघको तुलनमा फागुनमा व्यवसाय बढाएका छन्।

फागुनमा सबैभन्दा व्यवसाय बढी बढाउने कम्पनीमा मेट लाइफ इन्स्योरेन्स रहेको छ। इन्स्योरेन्सले माघको तुलनामा फागुनमा २१.६३ प्रतिशतले व्यवसाय बढाएकोछ। 

माघ महिनामा २८ करोड ६ लाख रुपैयाँ मात्रै प्रिमियम कलेक्सन गरेको रिलायन्स लाइफले फागुन महिनामा २.२८ प्रतिशतले व्यापार बढाएर २८ करोड ७० लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ। १६ वटा कम्पनीको कुल बीमा शुल्क आर्जन भने घट्न पुगेको छ। 

कुनको कति ? 

मेट लाइफ - ४८ करोड ७३ लाख

रिलायान्स लाइफ - २८ करोड ७० लाख

नेशनल लाइफ - १ अर्ब २३ करोड

प्रभु लाइफ -  १७ करोड ६० लाख

सूर्यज्योति लाइफ -  ६५ करोड १२ लाख

प्राइम लाइफ - ३३ करोड ४८ लाख

सिटिजन लाइफ - ४३ करोड २५ लाख

रिलायबल लाइफ इन्स्योरेन्स - २७ करोड २६ लाख

नेपाल लाइफ इन्स्योरेन्स - २ अर्ब ७३ करोड

लाइफ इन्स्योरेन्स कर्पोरेशन - १ अर्ब २७ करोड 

सन नेपाल लाइफ इन्स्योरेन्स - २९ करोड ३९ लाख

महालक्ष्मी लाइफ इन्स्योरेन्स - १२ करोड २२ लाख

आईएमइ लाइफ इन्स्योरेन्स - ३० करोड २४ लाख

युनियन लाइफ - ६३ करोड ६८ लाख 

राष्ट्रिय बीमा संस्थान - २५ करोड ५९ लाख 

एशियन लाइफ - ४८ करोड १६ लाख 

सानिमा लाइफ इन्स्योरेन्स - १७ करोड ३८ लाख 

गुराँस लाइफ - २१ करोड २१ लाख 


प्रकाशित : बिहीबार , चैत १६ २०७९०४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend