काठमाडौं- पशुपतिनाथ मन्दिर परिसरमा प्लास्टिक निषेध गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो। पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएका कारण निषेध गरिएको कोषले जनाएको छ।
‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौँ’, विकास कोषको सूचनामा भनिएको छ।