बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
images
images
मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो

आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले जानकारी दिए।

images
images

काठमाडौं- मेचम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ। 

images
images
images

कुल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँचसय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। 

आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले बताए। ‘काठमाडौंको भित्री भागमा अहिले परीक्षण भइरहेको छ’, उनले भने, ‘बिष्णुमतिबाट पूर्व र टुँडिखेलबाट पश्चिम क्षत्रेमा टेकुदेखि माथिल्लो भागमा परीक्षण बाँकी छ।’  

images

उनका अनुसार गौशाला, कोटेश्वर क्षेत्रमा परीक्षण भइसकेको छ भने बानेश्वर क्षेत्रमा, कलंकी-बल्खु क्षेत्रमा पनि परीक्षण भइरहेको निर्देशनालयले जानकारी दिएको छ। स्वयम्भू, बालुवाटारलगायतका कतिपय स्थानमा पाइप विच्छ्याउन नै बाँकी छ। गत महिनामा काठमाडौं उपत्यकाका धेरै स्थानमा पाइप फुट्ने समस्या सबैतिर देखिएपछि हाल परीक्षणपछि उक्त समस्या बिस्तारै कम भएको कार्यालयको दाबी छ। 

images

परीक्षण भइसकेका स्थानमा नयाँ पाइपबाट पठाइएको र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको ठाउँमा तत्काल मर्मत सुधार गरिरहेकाले चुहावट कम भएको उनले बताए। चक्रपथभित्र एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ बाट पाइप विच्छ्याउन सुरु गरिएको थियो। 

हाल मेलम्चीको पानी वितरणका लागि १० वटा रिजर्भ ट्यांकी सञ्चालनका लागि तयार रहेको निर्देशनालयको भनाइ छ। जसमध्ये केही ट्यांकी सञ्चालनमा आइसकेका छन्। नयाँ पाइप प्रयोग भएपछि सबै ट्यांकी सञ्चालनमा आउने उनको भनाइ छ। 

हाल कार्यालयले घर-घरमा वितरणका लागि पोलिथिन पाइप र मुख्य पाइपमा जिआई पाइप प्रयोग गरेको छ। एक हजार पाँच सयदेखि एक हजार छ सय घरलाई एउटा क्षेत्र बनाइएको छ। रासस 


प्रकाशित : बुधबार, चैत १५ २०७९०८:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend