शुक्रबार, असोज ४ गते २०८१    
images
images

नविल बैंकको सेयरमा बढ्यो लगानीकर्ताको आकर्षण, कति दिनसक्छ लाभांश ?

images
मंगलबार, कात्तिक ९ २०७८
images
images
नविल बैंकको सेयरमा बढ्यो लगानीकर्ताको आकर्षण, कति दिनसक्छ लाभांश ?

सूचिकृत बाणिज्य बैंकहरु मध्ये सबैभन्दा महंगो नविल बैंकको सेयर मूल्य बजार धेरै नै तल झर्दा पनि खासै घट्न सकेन। सेयर बजार ६/७ सय अंकले तल झर्दा पनि नविलको सेयरले दोस्रो बजारका लगानीकर्तालाई आड दियो।

images
images

काठमाडौं-सूचिकृत बाणिज्य बैंकहरु मध्ये सबैभन्दा महंगो नविल बैंकको सेयर मूल्य बजार धेरै नै तल झर्दा पनि खासै घट्न सकेन। सेयर बजार ६/७ सय अंकले तल झर्दा पनि नविलको सेयरले दोस्रो बजारका लगानीकर्तालाई आड दियो। कतिपय कम्पनीको सेयर १०० प्रतिशत भन्दा धेरैले घट्दा पनि नविलको भने १३१ रुपैयाँले पनि घटेन।

images
images
images

साउन भन्दा यताको कारोबारलाई हेर्ने हो भने सबैभन्दा धेरै १५१९ रुपैयाँ पुग्यो। जतिवेला नेप्से सूचक इतिहासकै सर्वासधिक ३१९९ थियो। नेप्से सूचक सर्वाधिक उचाइबाट तल झर्ने क्रममा ६/७ सय अंकले घट्यो। सेयर बजारमा पहिरो जादा पनि नविल बैंकको सेयरमा भने स्थिरता देखियो। यसको एकमात्रै कारण बैंकले आकर्षक लाभांश दिन सक्छ भन्ने अनुमानले गर्दा हो।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ। बैंकले यस वर्ष पनि बम्पर लाभांश घोषणा गर्न सक्ने अनुमान सँगै लगानीकर्ताको आकर्षण बढेको हो। गत आर्थिक वर्षमा बैंकको लाभांश वितरण योग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ छ।

चुक्ता पूँजीका आधारमा लाभांश वितरण गर्न सक्ने क्षमता २९ प्रतिशत देखिन्छ। यदि बैंकले मुनाफाबाट मात्रै लाभांश दिन खोज्यो भने पनि २९ प्रतिशत दिन सक्छन्। तर पूँजी बढाउने रणनीति लियो भने बैंकले लाभांश बढाउन पनि सक्ने छ।

images

विगत १० वर्षको लाभांश इतिहास हेर्ने हो भने बैंकले कुनै पनि वर्षमा ३० प्रतिशत भन्दा कम लाभांश दिएको पाइदैन। अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो। गत वर्ष बोनश सेयरलाई प्राथमिकता दिएको बैकले यस वर्ष पनि बोनश सेयरलाई प्राथमिकता दिन सक्ने छ।

लाभांश दिन सक्ने क्षमता धेरै भएको भन्दै आकर्षण बढेको हो। साउन पछि मात्रै दोस्रो बजारमा नविल बैंकको ९ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ। अझ केहि दिन देखि बैंकको सेयर अधिक कारोबार भइरहेको छ। 

nabil.png

 


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०१:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend