बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

भारतमा बनेका १० विद्युतीय कार : ५ नेपाल आइसके, ५ आउन बाँकी

images
बुधबार, चैत १५ २०७९
images
images
भारतमा बनेका १० विद्युतीय कार : ५ नेपाल आइसके, ५ आउन बाँकी

यो विद्युतीय कारमा १ सय ७.८ केडब्लूएचको ब्याट्री प्याक रहेको छ। दुई विद्युतीय मोटर रहेको यो कारले एक पटकको फुल चार्जमा ८ सय ५७ किलोमिटर रेन्ज दिनेछ।

images
images

काठमाडौं- विद्युतीय कारको उपभोग तथा उत्पादन बढ्दै भएको छ। भारतमा पनि विद्युतीय कार उत्पादन उच्च प्राथमिकतामा पर्न थालेको छ। भारत सरकारले विद्युतीय सवारी उत्पादनमा स्किम उपलब्ध गराएपछि भारतीयका साथै अन्य देशका सवारी उत्पादकले पनि विद्युतीय उत्पादन थालिसकेका छन्। 

images
images
images

भारतमा भारतीय कम्पनी टाटा, महिन्द्रालगायत र भारतमा प्लान्ट स्थापना गरेका ग्लोबल ब्रान्डले विद्युतीय कार बनाइरहेका छन्। टाटा र महिन्द्रा तथा भारतीय स्टार्टअपका साथै हुन्डाई, एमजी, सिट्रोदेखि मर्सिडिज बेन्जम्मले विद्युतीय कार बनाउन थालेका छन्। त्यस्तै सुजुकी, कियालगायत अन्य ब्रान्ड पनि भारतमा विद्युतीय कार बनाउने तीब्र तयारीमा छन्। 

टाटाको टियागो ईभी भारतमै बनेको हो। भारतमा बनेको यो कार जनवरीदेखि भारतमा बिक्री हुँदै आएको छ। यो कार अबको एकदेखि डेढ महिनामा नेपाली बजारमा समेत आउनेछ। त्यस्तै टाटा मोटर्सले बनाएको यो ईभी भारतका साथै नेपाली बजारमा पनि उपलब्ध छ। २६ किलोवाट आवरको ब्याट्री रहेको यो कारले एक पटकको फुल चार्जमा ३ सय १५ किलोमिटर रेन्ज दिन्छ।

images

टाटाको अर्को चर्चित विद्युतीय कार नेक्सन ईभी हो। यो विद्युतीय कार हाल भारत तथा नेपालमा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभीमा पर्छ। नेक्सन ईभी दुई भेरियन्ट नेक्सन ईभी प्राइम र नेक्सन ईभी म्याक्समा उपलब्ध छ। नेपालमा भने म्याक्स आइएको छैन। रेगुलर नेक्सन ईभीमा ३०.२ केडब्लूएचको ब्याट्री प्याक रहेको छ भने यो कारले एक पटकको फुल चार्जमा ३ सय १३ किलोमिटर रेन्ज दिन्छ।

images

यसैगरि टाटा मोटर्सले बनाइरहेको पन्च ईभी भारतमा केही समयमै सार्वजनिक गर्दैछ। यो विद्युतीय कार अल्फा प्लेटफर्ममा बनिरहेको छ। टियागो र टिगोर ईभी भन्दा राम्रो आउटपुटमा पन्च ईभी आउने छ। भारतमा सार्वजनिक भएपछि यो कार नेपाली बजारमा समेत आउनेछ। 

भारतमा महिन्द्रा एन्ड महिन्द्रा पनि विद्युतीय कार उत्पादनमा आक्रामक भएको छ। कम्पनीले विभिन्न मोडलका विद्युतीय कार ल्याउने घोषणा गरिसकेको छ। महिन्द्राको विद्युतीय कार एक्सयूभी ४०० दुई ब्याट्री अप्सन ३४.५ केडब्लूएच र ३९.४ केडब्लूएचमा उपलब्ध छ भने यसले दिने रेन्ज क्रमशः ३ सय ७५ किमि र ४ सय ५६ किमि रहेको छ। भारतमा बिक्री सुरु भएको यो कार नेपाली बजारमा समेत ल्याउने तयारी भइरहेको छ। 

एमजीको जेडएस ईभी भारतमा समेत उत्पादन हुन थालेको छ। नेपालमा भने करिब ३ अघिदेखि एमजीको जेडएस ईभी बिक्री हुँदै आएको छ। कोभिड, कर वृद्धि लगायत कारण आउन नसकेको जेडएस ईभीको मंगलबारबाट पुनः बुकिङ खुला भएको छ। नेपाली उपभोक्ताले धेरै नै मनपराएको एमजी जेडएस ईभीको बुकिङ खुलेसँगै धेरै उत्साहित देखिएका छन्। 

त्यस्तै भारतमा एमजीले कोमेट ईभी सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। ४ सिट क्षमताको यो दुई ढोके विद्युतीय मिनि कार भारतमै उत्पादन भइरहेको छ। कोमेट ईभी १७.३ र २६.७ केडब्लूएच ब्याट्री प्याकमा उपलब्ध हुनेछ। भारतमा बिक्री सुरु भएपछि यो कार नेपाली बजारमा समेत आउनेछ। 

हुन्डाईको कोना ईभी र आयोनिक फाइभ ईभी भारतमा भन्दा धेरै पहिलेदेखि नै नेपाली बजारमा बिक्री हुँदै आएको छ। हाल नेपालमा कोरियाबाटै कोना र आयोनिक फाइभ ईभी आयात हुँदै आएको छ। हुन्डाईले भारतमा केही समयअघि मात्र सार्वजनिक गरेको आयोनिक फाइभ नेपालमा भने करिब २ वर्षदेखि बिक्री हुँदै आएको छ। भारतमा मास प्रोडक्सन भइपछि यी कार भारतबाट नेपाल आउने छन्। 

त्यस्तै फ्रेन्च ब्रान्ड सिट्रोनले पनि भारतमै विद्युतीय कार उत्पादन सुरु गरेको छ। सिट्रोनको सीथ्रीलाई नै विद्युतीय भर्सनमा उत्पादन थालिएको हो। ह्याचब्याक सेगमेन्टको यो विद्युतीय कारमा २९.२ केडब्लूएचको ब्याट्री प्याक रहेको र एकपटकको फुल चार्जमा ३ सय २० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। भारतमा बिक्री सुरु भएको सिट्रोन ईसीथ्री नेपाल ल्याउने प्रक्रियासमेत सुरु भइसकेको छ। 

भारतको बैंलोरमा रहेको स्टार्टअप प्रभागले पनि विद्युतीय एसयूभी डिफाइ सार्वजनिक गरेको छ। डिफाइमा ९०.९ केडब्लूएचको ब्याट्री प्याक उपलब्ध रहेको छ भने एक पटकको फुल चार्जमा यो एसयूभीले ५ सय किलोमिटर रेन्ज दिन दाबी गरिएको छ। भारतमा कमर्सियल उत्पादन सुरु हुन बाँकी रहेको र नेपालमा यसको आधिकारिक बिक्रेता नभइसकेकाले यो विद्युतीय कार आउने भने समय लाग्नेछ। 

भारतमा जर्मन ब्रान्ड मर्सिडिज बेन्जले समेत विद्युतीय कार उत्पादन सुरु हुँदै छ। मर्सिडिजले ईक्यूएस ५८० फोरम्याटिक विद्युतीय कार भारतमा बनाउने छ। यो विद्युतीय कारमा १ सय ७.८ केडब्लूएचको ब्याट्री प्याक रहेको छ। दुई विद्युतीय मोटर रहेको यो कारले एक पटकको फुल चार्जमा ८ सय ५७ किलोमिटर रेन्ज दिनेछ। नेपालमा मर्सिडिज बेन्जको आधिकारिक बिक्रेता ‘वाच लिस्ट’मा रहेकाले यो कार नेपाल आउन समेय लाग्नेछ। 

हाल नेपाली बजारमा भारतका अलावा चीन, कोरिया, अमेरिका, इन्डोनेसियालगायत देशबाट विद्युतीय कार आयात भइरहेको छ। विद्युतीय कार आयात बढ्दो क्रममा रहेको छ।


प्रकाशित : बुधबार, चैत १५ २०७९२३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend