बिहीबार , कात्तिक ८ गते २०८१    
images
images
सीजीफिन्को २० औं वर्षमा

विप्रेषण सेवा नेपालको कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र : निर्वाण चौधरी

images
बुधबार, चैत १५ २०७९
images
images
विप्रेषण सेवा नेपालको कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र : निर्वाण चौधरी

अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गर्दै नयाँलगानी र महत्वपूर्ण निर्णयहरू गर्दा यस कम्पनीबाट आफुलाई प्रोत्साहनमिल्ने गरेको बताए। 

images
images

काठमाडौं- चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्को प्रालिले स्थापनाको २० वर्ष सफलतापुर्वक पुरा गरेको अवसरमाआफ्ना ग्राहकहरूप्रति सम्मानव्यक्त गरेको छ।

images
images
images

२०औँ बार्षिकोत्सवमनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले यस कम्पनीको सफलताको आधार आफुमाथि विश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मान ब्यक्त गरेका छन्। 

उक्त अवसरमा अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गर्दै नयाँलगानी र महत्वपूर्ण निर्णयहरू गर्दा यस कम्पनीबाट आफुलाई प्रोत्साहनमिल्ने गरेको बताए। 

images

सीजीफिन्को आज नेपालमा वैदेशिकमुद्रा भित्रयाउने जिम्मेवारीमा अब्बल सावित हुदै आएको र विदेशमा रहनु भएका महानुभावहरुका लागि नेपालमा पैसा पठाउने भरपर्दो साथीबन्न सकेकोमापनि सन्तोष व्यक्त गरे।

images

‘सीजीफिन्कोले मेरो विजनेश करियरमाखास महत्व राख्छ। मलाई लाग्छ २०बर्षअघि सीजीफिन्कोको  स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आज विप्रेषण उद्योग नेपालको कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ’, चौधरीले भने ।

विदेशमाकाम गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय सस्थामात्र नभई सीजीफिन्कोले गैरकानूनी रूपमाहुने रकम हस्तान्तरण न्युनीकरणमा पनिमहत्वपुर्ण योगदान गरिरहेको उनले बताए। साथै, आगामीदिनमा सीजीफिन्को अझ सशक्त रुपमाविप्रेषण सेवालाई सजिलो र भरपर्दोबनाउन प्रतिबद्ध रहेकोजानकारी पनि उनले बताए।

‘आगामीदिनमा सीजीफिन्कोले डिजिटल रेमिट्यान्समाजोड दिदै विप्रेषण उद्योगमाआफ्नो स्थान अझ मजबुत बनाउनेछ’ अध्यक्षचौधरीले बताए। कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चारकर्मचारीलाई कदरपत्रप्रदान गरेको थियो। जस अन्तर्गत, मार्केटिङ जिनियस अवार्डबाट रमेस रेग्मी, अन्म्याच्ड डेडीकेसन अन्तर्गत रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमाशर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिषकुमार हमाल सम्मानीत भएका छन्।, 

२००३ मा स्थापितसीजीफिन्को अमेरिकनकम्पनी वेस्टर्न युनियनमनि ट्रान्सफरको नेपालकालागि सुपर एजेन्टको रुपमाकामगर्दै आएको छ। देशभर १०० वटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिलेचार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवादिदै आएको छ।


प्रकाशित : बुधबार, चैत १५ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend