बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

आईफोन र डेलका ल्यापटक बिक्री गरेर जेनेरेसन नेक्स्टले एक वर्षमा साढे ३ अर्बको व्यापार गर्‍यो 

images
बुधबार, चैत १५ २०७९
images
images
आईफोन र डेलका ल्यापटक बिक्री गरेर जेनेरेसन नेक्स्टले एक वर्षमा साढे ३ अर्बको व्यापार गर्‍यो 

देशभर सयभन्दा बढी डिलर बनाएको यो कम्पनीले दुईवटा आईफोनका लागि सर्भिस सेन्टर पनि बनाएको छ। यी दुई ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रहेको कम्पनीको मार्जिन पनि बढेको छ। 

images
images

काठमाडौं- नेपाली बजारमा डेलका ल्यापटक तथा एप्पलका उत्पादन बिक्री गर्ने जेनेरेशन नेक्क्टले एक वर्षमा साढे तीन अर्बको व्यापार गरेको छ। 

images
images
images

यो कम्पनीले गएको आर्थिक वर्षमा ३ अर्ब ५७ करोड रुपैयाँको कारोबार गरेको हो। 

नेपाली बजारमा एप्पलका उत्पादनहरू म्याकबुक, आईफोन तथा अन्य उत्पादन आयात तथा वितरण गर्दै आएको छ। त्यस्तै डेलका ल्यापटप पनि यसले बिक्री गर्दै आएको छ। 

images

पछिल्ला तीन वर्षमा यो कम्पनीको व्यापारमा उछाल आएको छ। तीन वर्षमै ९४ करोडबाट साढे तीन अर्बको व्यापार पुगेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ९५ करोडको व्यापार गरेको थियो। त्यसअघिको वर्ष जम्मा ९४ करोडको व्यापार गरेको थियो। 

images

देशभर सयभन्दा बढी डिलर बनाएको यो कम्पनीले दुईवटा आईफोनका लागि सर्भिस सेन्टर पनि बनाएको छ। यी दुई ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रहेको कम्पनीको मार्जिन पनि बढेको छ। 

कम्पनीको मार्जिन ६.२ प्रतिशत रहेको छ। 

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले यसलाई एफोर प्लसको रेटिङ दिएको छ।  कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँको अल्पकालीन ऋण रेटिङ पाएको छ। 


प्रकाशित : बुधबार, चैत १५ २०७९०४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend