शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

कालिजपालनमा जमेका व्यवसायी भन्छन् - पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
images
कालिजपालनमा जमेका व्यवसायी भन्छन् - पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन

ह्याचिङ गरी उत्पादन गरिएका एक दिनका १ सय ८१ बचेरा ५ सय ५० रूपैयाँका दरले किनेर यो व्यवसाय सुरुवात गरेका विष्णुमणि आचार्यको व्यवसाय अहिले फस्टाउँदै गएको छ। उनले एक जनालाई रोजगारी रोजगारी दिएका छन्। 

images
images

दाङ- तुलसीपुर उपमहानगरपालिका-१० नयाँ गाउँमा वडा नं ६ निवासी विष्णुमणि आचार्यले व्यावसायिकरूपले कालिजपालन गरेका छन्। सोही पेसामा रमाएका उनको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ। 

images
images
images

अवकाश प्राप्त राष्ट्रसेवक आचार्य भन्छन्, ‘अवकाश भएपछि चार महिनासम्म घरमै बसेँ। दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथेँ। तीस वर्षसम्म जागिरमा व्यस्त भएको मान्छे अब यसरी सधैँ कसरी बस्नुजस्तो लागेकाले यो व्यवसाय सुरु गरेको हुँ।’ 

images
images

सुरुमा उनले सामाजिक सञ्जाल (युटुब) मार्फत व्यावसायिकरूपमा पालन गरिएका कालिजको भिडियो हेरे। त्यसपछि कालिजपालन गरिएको जिल्लाका दुई ठाउँमा पुगेँ। घरमा फर्केपछि उत्साहित भएर यो व्यवसाय सुरु गरेको उनले बताए। 

images
images

‘दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएको भन्ने थाहा पाएरै यो व्यवसाय सुरुवात गरेको हुँ। अहिलेसम्म तीनसय भन्दाबढी कालिज बिक्री गरिसकेँ। अझै पाँच सयवटा बिक्रीका लागि तयारी अवस्थामा छन्’, आचार्य भन्छन्। उनले ‘चाणक्य मल्टी प्रपोज एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ प्राली खोलेर २५ लाख रूपैयाँको लागतमा कालिजपालन सुरु गरेका हुन्। 

ह्याचिङ गरी उत्पादन गरिएका एक दिनका १ सय ८१ बचेरा ५ सय ५० रूपैयाँका दरले किनेर यो व्यवसाय सुरुवात गरेका आचार्यको व्यवसाय अहिले फस्टाउँदै गएको छ। उनले एक जनालाई रोजगारी रोजगारी दिएका छन्। 

आचार्यका अनुसार ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान कालिज पाल्न राम्रो मानिन्छ। दाङको तापक्रम लगभग त्यस्तै छ। ‘अहिलेसम्म पाँचसय कालिज बिक्री गरिसकेँ। सुरुमा एउटा कालिजलाई दुई हजार पाँचसयमा बिक्री गरेँ। अहिले भने दुई हजारसम्ममा दिने गरेको छु। अण्डा पनि राम्रोसँग बिक्री भएको छ। एउटा अण्डा बिक्रीबाट एकसय आम्दानी हुने गरेको छ। सुरुवातमै धेरै आम्दानीको अपेक्षा लिन हुँदैन विस्तारै आम्दानी हुन्छ’, उनी भन्छन् ।

६ महिना पुगेपछि कालिज वयस्क हुन्छ र मासुका लागि उपयुक्त मानिन्छ। भाले कालिज एकदेखि डेढ केजीसम्म र पोथी आठसय ग्रामदेखि एक केजीसम्मको हुन्छ। कालिजले घाँस, मकै खान्छ।

उनका अनुसार अण्डा दिने पोथीका लागि दाना पनि दिन उपयुक्त हुन्छ। कालिजलाई हालसम्म कुनै रोग नलागेकाले औषधि पनि दिनुपरेको छैन। रोग आउनसक्ने भन्दै उनी अवलोकन तथा खरिद गर्ने जानेलाई जुत्ता, चप्पल खोलेर खुट्टामा औषधि छर्केरमात्र नजिक जान दिने गरेका छन्। ‘कालिज फुर्तिलो र लडाकु स्वभावको हुन्छ। त्यसैले चुच्चो मुखमा क्याप लगाउनुपर्छ। विदेशमा त्यही गरिन्छ। यहाँ भने त्यसो गरिएको छैन', आचार्य भन्छन्, 'उनीहरु लड्न लागेपछि औजारको सहायताले छुट्याउने र केही समय छट्टै ठाउँमा राख्ने गरेको छु।’

भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखिएको र अहिले पोथी बिक्री नगरी अण्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उनको भनाइ छ। ‘बजारमा माग त धेरै छ, तर यो वर्ष पोथी कालिज र बच्चा एउटा पनि नबेची  धेरै उत्पादन भएमा अर्को वर्षदेखि मात्रै बिक्री गर्छु’, आचार्य भन्छन्। 

किसानलाई प्रोत्साहन दिनुपर्ने उनी बताउँछन्। 'पढेलेखेकाले पैसा कमाउनकै लागि जागिर खानै पर्ने या विदेश नै जानुपर्छ भन्ने छैन। राज्यले पनि किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन जरुरी छ', उनले भने। रासस 


प्रकाशित : सोमबार, चैत १३ २०७९०८:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend