बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दसैँको मुखमै बढेन रेमिट्यान्स, दुई महिनामा ६ प्रतिशतले घट्यो

शोधान्तरण घाटा ८३ अर्ब पुग्यो 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ८ २०७८
दसैँको मुखमै बढेन रेमिट्यान्स, दुई महिनामा ६ प्रतिशतले घट्यो

आयातको वृद्धिदर उच्च, रेमिट्यान्स आप्रवाह घट्दा त्यसको चाप चालु खाता तथा   शोधनान्तरमा परेको छ। भदौसम्म चालु खाता १ खर्ब ६ अर्ब पुगेको छ। अघिल्लो वर्ष यस्तो खाता २५ अर्बले बचतमा थियो। 

काठमाडौं- दसैँको मुखमै रेमिट्यान्स घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स ६ प्रतिशतले घटेको छ। 

दुई महिनामा १ खर्ब ५५ अर्ब  ३७ करोड रुपैयाँमात्र रेमिट्यान्स भित्रिएको छ। अघिल्लो  ८ प्रतिशतले बढेको थियो। 
 
साउनमा रेमिट्यान्स १८ प्रतिशतले घटेको थियो। साउनमा ७५ अर्ब रेमिट्यान्स भित्रिएको थियो। असोजमा दसैँ भएकाले भदौंमा रेमिट्यान्स बढ्नुपर्ने भएपनि बढेको देखिएको छैन। 

पहिलो दुई महिनाको विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले यो अवधिमा आयात पनि उच्च वृद्धि भएको जानकारी दिएको छ। गत वर्ष कोरोना महामारीका कारण लकडाउन जारी हुँदा आन्तरिक मागमै न्यूनीकरण आएकाले आयात घटेको र यो वर्ष बजार सामान्य हुँदा आयात बढेको छ। पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको छ।

आयातको वृद्धिदर उच्च, रेमिट्यान्स आप्रवाह घट्दा त्यसको चाप चालु खाता तथा   शोधनान्तरमा परेको छ। भदौसम्म चालु खाता १ खर्ब ६ अर्ब पुगेको छ। अघिल्लो वर्ष यस्तो खाता २५ अर्बले बचतमा थियो। 

भदौसम्म नेपाल भित्रिनेभन्दा बाहिरिने मुद्राको अन्तर(शोधानन्तर) फराकिलो बनेको छ। भदौमा मुलुकको शोधनान्तर  ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । एक महिनामै शोधान्तर घाटा दोब्बरले बढेको छ। साउनमा यस्तो घाटा ३८ अर्ब थियो।  अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति  ५१ अर्ब ४६ करोडले बचतमा थियो । 

भदौमा वार्षिक बिन्दुका आधारमा ४. ३५  प्रतिशतको मुद्रास्फ्रिति रहेको केन्द्रीय बैंकले बताएको छ। 

 


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend