बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सवारी दुर्घटना : तनहुँमा सात महिनामा १५ को मृत्यु, २८ जना घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
images
images
सवारी दुर्घटना : तनहुँमा सात महिनामा १५ को मृत्यु, २८ जना घाइते
images
images

तनहुँ- तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ।

images
images
images

चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिए।

सोही अवधिमा भएका दुर्घटनामा २८ जना घाइते भएका छन्। त्यसमध्ये १९ पुरुष, पाँच महिला र चार बालबालिका छन्। यो अवधिमा जिल्लामा ३६ सवारी दुर्घटना भएको छ। 

images

गत आव २०७८/७९ मा तनहुँमा ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। उक्त अवधिमा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिका गरी ४९ जनाको मृत्यु भएको थियो। कार्यालयले सात महिनाकै अवधिमा सवारी साधनलाई कारबाही गरेर दुई करोड नौ लाख ३७ हजार पाँचसय रूपैयाँ राजस्व संकलन गरेको छ। प्रहरीले २६ हजार सातसय सवारी साधनलाई कारबाही गरेर उक्त राजस्व संकलन गरेको हो।

images

कारबाहीमा पर्नेमध्ये दुई पा‌ंग्रे सवारी साधनको संख्या बढेको छ। नौ हजार पाँच सय ४४ मोटरसाइकल तथा स्कुटर, पाँच हजार एकसय ४५ ट्रक, टिपर, पाँच हजार नौसय २९ कार, जिप, एक हजार दुईसय १९ ट्याक्टर र चार हजार छसय ५८ यात्रुवाहक बस र दुईसय पाँच अन्य सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। उक्त अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका थिए। आर्थिक वर्ष ०७६/७७ मा ४४ र आव ०७५/७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो।

जिल्लामा सबैभन्दा बढी दुई पांग्रे सवारी साधन दुर्घटना हुने गरेको छ। दुई पांग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको विष्ट बताउँछन्। उनले भने, 'तीव्र गतिका कारण दुई पांग्रे सवारी साधन दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। युवाले जथाभावी सवारी हाँक्ने गरेकाले यो संख्या अत्यधिक छ।'

सडकको भौगोलिक वनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ। दुर्घटना कम गराउन प्रहरीले विद्यालय, क्याम्पसमा पुगेर पनि अभियान सञ्चालन गरिरहको छ।

जिल्लामा बढीजसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन्। रासस 


प्रकाशित : सोमबार, चैत १३ २०७९०५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend