बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

निर्देशिका पालना गर्दैनन् स्कुल बसका चालक, यान्त्रिक अवस्था पनि कमजोर

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
images
images
निर्देशिका पालना गर्दैनन् स्कुल बसका चालक, यान्त्रिक अवस्था पनि कमजोर

यान्त्रिक अवस्था ठीक नभएका स्कूल बसहरू पनि उपत्यकामा निर्बाध रूपमा चलिरहेको छ। ट्राफिक प्रहरीले विशेष जाँच अभियान चलाइरहेको छ।

images
images

काठमाडौं- बालबालिका बोक्ने स्कुल बसहरू निर्देशिकाले तोकेको मापदण्डसमेत पूरा नगरी सञ्चालन नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालकाय अनुसार उपत्यकामा सञ्चालित स्कुल बसहरू मापदण्ड विपरीत चाहिँ चल्ने गरेको पाइएकाले यस्ता गाडीहरूबाट बालबालिका जोखिममा पर्ने हुँदा जाँच अभियानलाई तीव्रता दिएको जनाएको छ।

images
images
images

सोही अभियानअन्तर्गत ट्राफिक प्रहरीले आइतबार गरेको विशेष जाँच अभियानका क्रममा यसरी मापदण्ड पूरा नगरी सञ्चालन भएका १४ वटा स्कुल बसका चालकलाई कारबाही गरेको छ।

उपत्यकाका विभिन्न स्थानमा भएको जाँचका क्रममा स्कुल बस निर्देशिका, २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने उनीहरू कारबाहीमा परेका कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार यसरी आइतबार भएको जाँच अभियानमा स्कुल बसहित दुई सय ८२ वटा सवारी साधनका चालकहरू कारबाहीमा परेका छन्।

images

उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित जाँच अभियान चलाएको भट्टले जानकारी दिए। 

images

यस्तै, यान्त्रिक अवस्था ठीक नभएका स्कूल बसहरू पनि उपत्यकामा निर्बाध रूपमा चलिरहेको छ। त्यसरी सञ्चालन भएका सवारी साधनका ४७ जना चालकलाई कारबाही गरिएको पनि उनले जानकारी दिए। त्यस्ता सवारीमा ह्यान्डब्रेक ठीक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका पाइएका छन्। 

उनीहरूलाई सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको छ। अवस्था ठीक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई प्रहरीले अनुरोध गरेको छ। रासस


प्रकाशित : सोमबार, चैत १३ २०७९०४:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend