बिहीबार , माघ २४ गते २०८१    
बिहीबार , माघ २४ २०८१
images
images

१ लाख २० हजार ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियतपूर्ण कर्जा

images
सोमबार, कात्तिक ८ २०७८
images
images
१ लाख २० हजार ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियतपूर्ण कर्जा

चालु आर्थिक वर्ष २०७८÷०७९ पहिलो २ महिना १ लाख २० हजार ७ सय १५ ऋणीलाई राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा रकममा १ खर्ब १८ अर्ब ८५ करोड लगानी गरेको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/०७९ पहिलो २ महिना १ लाख २० हजार ७ सय १५ ऋणीलाई राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा रकममा १ खर्ब १८ अर्ब ८५ करोड लगानी गरेको छ। 

images
images
images

ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भइ १ खर्ब ८७ अर्ब १६ करोड कर्जा बक्यौता रहेको बैंकले जनाएको छ। यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २ सय ७२ ऋणीलाई प्रवाह भएको १ खर्ब २१ अर्ब ६ करोड कर्जा रहेको छ।

images
images

यसैगरी महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६ सय ९० महिला उद्यमीलाई ६२ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रभाव भएको छ।सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ५३ ऋणीको ३ अर्ब ७३ करोड कर्जा बक्यौता रहेको बैंकले जनाएको छ। 

images
images
images

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड-१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ भदौ मसान्तसम्ममा१ अर्ब स्वीकृत भएको बैंकले जनाएको छ।

 


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend