शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सामलिङ पावरको आईपीओमा २२ लाख ६५ हजारको आवेदन

images
सोमबार, कात्तिक ८ २०७८
images
images
सामलिङ पावरको आईपीओमा २२ लाख ६५ हजारको आवेदन

सामलिङ पावर कम्पनीको आइपीओमा २२ लाख ६५ हजार ६ सय ९८ ले आवेदन दिएका छन्। कम्पनीको आइपीओमा २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन परेको हो।

images
images

काठमाडौं- सामलिङ पावर कम्पनीको आईपीओमा २२ लाख ६५ हजार ६ सय ९८ ले आवेदन दिएका छन्। कम्पनीको आईपीओमा २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन परेको हो।

images
images
images

सीडीएसका अनुसार सोमबार ५ बजेसम्म २२ लाख ६५ हजार ६९८ जनाले २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ३९।६७ गुणा बढी आवेदन हो। 

सामलिङले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको थियो।

images

बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधरणका लागि खुला गरिएको हो। सामलिङ पावरको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ्ग दिएको छ। 

images


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend