काठमाडौं- नेपाली बजारमा निसानका सवारीसाधन आयात गर्ने आधिकारिक वितरक पायोनियर मोटोकर्पको यो वर्ष आम्दानी ७२ प्रतिशतले घटेको छ।
गत वर्षदेखि सरकारले सवारीसाधनमा लगाएको प्रतिबन्धका कारण अधिकांश सवारीसाधन बिक्री गर्ने कम्पनीहरूको आम्दानी घटिरहेका बेला पायोनियरको आम्दानी वार्षिक बिन्दुगत रुपमा ७२ प्रतिशतले आम्दानी घटेको हो।
गत वर्ष ५ अर्ब ७१ करोड रुपैयाँको कारोबार गरेको थियो। तर यो वर्षको ६ महिनामा भने जम्मा ८९ करोडको व्यापार गरेको छ।
यो अवधिमा सरकारले निजी सवारीसाधान आयातमा रोक लगाएकाले गर्दा कम्पनीको व्यापार प्रभावित भएको छ।