बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

नेपाल उद्योग परिसंघद्वारा महिला नेतृत्व शिखर सम्मेलन आयोजना

images
आइतबार, चैत १२ २०७९
images
images
नेपाल उद्योग परिसंघद्वारा महिला नेतृत्व शिखर सम्मेलन आयोजना

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्‍याएकी म्यागी डोइन र सोनिका मानन्धरलाई इन्स्पायरिङ ओमन अफ द इयरबाट सम्मान गरिएको छ। सम्मेलदनमा उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिएको छ ।    

images
images

काठमाडौं-  नेपाल उद्योग परिसंघले दुई दिने महिला नेतृत्व शिखर सम्मेलन आयोजना गरेको छ।

images
images
images

परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरु भएको सम्मेलन कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेको छ। कोभिड १९ का कारण महिलामा परेको असर‚ त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको परिसंघले जानकारी दिएको छ।

सम्मेलनमा लैङ्गिक समानताका विषयसित महिला नेतृत्वहरूबीच विचार आदानप्रदान गर्ने‚ साझा रणनीति बनाउने‚ महिलाहरुका सफलता सुनाउने‚ महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने परिसंघले जनाएको छ। नेतृत्वमा महिला‚ अर्थतन्त्रमा महिलाको योगदान‚ र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल भइरहेको छ। विभिन्न सत्रमा नेपालसहित भारत‚ पाकिस्तान‚ श्रीलंका‚ बंगलादेश‚ भुटान‚ माल्दिभ्स जर्मनीलगायत मुलुकका राजनीति‚ आर्थिक‚ सामाजिक‚ वातावरणलगायतकाक्षेत्रमा स्थापित‚ रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरुको सहभागिता रहेको छ।

images

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्‍याएकी म्यागी डोइन र सोनिका मानन्धरलाई इन्स्पायरिङ ओमन अफ द इयरबाट सम्मान गरिएको छ। सम्मेलदनमा उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिएको छ।   

images

सम्मेलन समापनका दिन सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिने परिसंघले जानकारी दिएको छ। शनिबारदेखि काठमाडौंमा सुरू भएको सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उद्घाटन गरेका थिए। 


प्रकाशित : आइतबार, चैत १२ २०७९१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend