काठमाडौं- विश्व बैंकले नेपालको विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर सहुलियत ऋण स्वीकृत गरेको छ।
नेपालको शिक्षा क्षेत्रको सुधारका लागि सञ्चालित यो कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकले १२ करोड डलर ऋण स्वीकृत गरेको हो। यो कार्यक्रम अन्तर्गत यसअघि विषयगत शिक्षकको क्षमता विस्तारमा केन्द्रित थियो। अब भने यो कार्यक्रममा एकीकृत पाठ्यक्रम विकासका लागि केन्द्रित हुने छ।
विद्यालय शिक्षाको सिकाइको स्तर वृद्धि गर्नेदेखि लिएर महामारीका कारण भएको क्षति न्यूनीकरणका लागि उपयोग हुनेछ।
नेपालको शिक्षा तथा सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा विश्व बैंकले यसअघि नै लगानी गर्दै आएको छ।