शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

तीन महिनाको वैदेशिक व्यापार-  दैनिक सवा ५ अर्बको आयात 

तीन महिनामै ६५ अर्बको निर्यात

images
सोमबार, कात्तिक ८ २०७८
images
images
तीन महिनाको वैदेशिक व्यापार-  दैनिक सवा ५ अर्बको आयात 

साउनमै १ खर्ब ५० अर्बको आयात भएकोमा दोस्रो महिना भदौमा १ खर्ब ६३ अर्बको र असोजमा १६४ अर्बको आयात भएको छ। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा ४ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात भएको छ।

images
images
images

भन्सार विभागको तथ्यांकअनुसार यो अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा २ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। 

यो वर्षको तीन महिनामा सबैभन्दा धेरै आयात हुने इन्धन रहेको छ। इन्धन तथा खनिजको आयात ६० अर्ब रुपैयाँ बराबर भएको छ। स्टिलको ४२ अर्ब, अप्रशोधित वनस्पति तेल ४१, मसिनरीको आयात ३७, सवारीसाधान ३४ अर्ब रुपैयाँको आयात भएको छ। खाद्यान्नको आयात १७ अर्बको भएको भन्सार विभागले जानकारी दिएको छ। 

images

चालु वर्षको पहिलो तीन महिनाको तथ्यांकअनुसार दैनिक पाँच अर्ब ३१ करोड रुपैयाँको आयात हुने गरेको देखिएको छ। आयातको दैनिक औषत गएको वर्षको तुलनामा २ अर्ब बढी हो। गत वर्षको यही अवधिमा दैनिक सवा तीन अर्बको आयात हुने गरेको थियो।

images

पछिल्लो समय प्रति महिना १५० अर्बभन्दा बढीको आयात भएको छ।

साउनमै १ खर्ब ५० अर्बको आयात भएकोमा दोस्रो महिना भदौमा १ खर्ब ६३ अर्बको र असोजमा १६४ अर्बको आयात भएको छ। 

निर्यात शतप्रतिशत बढ्यो 

चालु वर्षको तीन महिनामा निर्यात पनि शतप्रतिशत बढेको छ। अघिल्लो वर्षको तुलनामा १०९ प्रतिशतले बढेको छ। 

तीन महिनामा ६५ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो। गत वर्ष पहिलो ३ महिनामा ३१ अर्ब ४ करोड रुपैयाँ बराबरको सामान निकासी भएको थियो।

निर्यात हुनेमा सबैभन्दा धेरै भटमासको तेल छ। कूल ६४ अर्बको निर्यात हुँदा २२ अर्ब भटमासकै तेल रहेको छ। दोस्रो धेरै पाल्म तेल ५ अर्बको निर्यात भएको छ। 

निर्यात बढे पनि आयातको अंक धेरै हुँदा व्यापार घाटा बढ्दो ग्राफ खासै घटेको छैन। झन् बढेको छ। 

३ महिनाको कुल व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको तुलनामा ५८ प्रतिशतले बढी हो। गत वर्ष २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ घाटा थियो। 

सम्रगमा  चालु आर्थिक वर्षको ३ महिनामा नेपालले कुल ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। वैदेशिक व्यापार पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.१३ प्रतिशतले बढेको छ। गत वर्षको पहिलो ३ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ थियो।


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend