बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

उपभोक्ता समिति गठन नहुँदा बागलुङका योजना कार्यान्वयनमा कठिनाइ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १२ २०७९
images
images
उपभोक्ता समिति गठन नहुँदा बागलुङका योजना कार्यान्वयनमा कठिनाइ

काठेखोला गाउँपालिका-६ वडा कार्यालयले प्रजातन्त्रदय प्राविमा शौचालय निर्माण र अमृतपानी आधारभूत विद्यालयमा शौचालय, सुरक्षा पर्खाल, खानेपानीलगायत योजना निर्माणका लागि बजेट विनियोजन गरेको छ। वडा कार्यालयले वर्षायाम सुरु हुनुअघि नै योजना सम्पन्न गर्ने लक्ष्य राखे पनि दुवै विद्यालयमा उपभोक्ता समिति गठन नहुँदा निर्माण अघि बढ्न सकेको छैन। 

images
images

बलेवा- बागलुङका स्थानीय तहले विनियोजन गरेको बजेट कार्यान्वयनमा उपभोक्ता समिति नहुँदा कठिनाइ भएको छ।

images
images
images

गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्ने युवा जनशक्ति अभावका कारण समिति गठन हुन नसक्दा समितिमार्फत सम्पन्न गर्नुपर्ने योजनाहरु कार्यान्वयनका लागि कठिनाइ भएको हो।

काठेखोला गाउँपालिका-६ वडा कार्यालयले प्रजातन्त्रदय प्राविमा शौचालय निर्माण र अमृतपानी आधारभूत विद्यालयमा शौचालय, सुरक्षा पर्खाल, खानेपानीलगायत योजना निर्माणका लागि बजेट विनियोजन गरेको छ। वडा कार्यालयले वर्षायाम सुरु हुनुअघि नै योजना सम्पन्न गर्ने लक्ष्य राखे पनि दुवै विद्यालयमा उपभोक्ता समिति गठन नहुँदा निर्माण अघि बढ्न सकेको छैन। 

images

उपभोक्ता समितिमा बस्ने जनशक्तिको अभावका कारण दुवै विद्यालयका योजना अघि बढ्न नसकेको वडाध्यक्ष बृहस्पति शर्माले बताए। एउटा योजनामा सात जना समिति र तीन जना अनुगमन समिति गरी १० जना उपभोक्ता आवश्यक पर्दछ। ‘एउटा योजनामा बसेको उपभोक्ता उक्त योजना सम्पन्न नभएसम्म अर्कोसमितिमा बस्न नपाउने प्रावधानका कारण उपभोक्ता समिति गठन गर्न कठिनाइ भइरहेको छ’, उनले भने।

images

समितिमा बस्न योग्य अधिकांश युवा अन्य योजनामा बसेका र उमेर पुगेका स्थानीय बजार केन्द्रीत हुँदा जनशक्ति अभाव भएको अध्यक्ष शर्माको भनाइ छ। ‘उपभोक्ताको सङ्ख्या पुर्‍याउन कठिन छ’, उनले भने, ‘उपभोक्ताको भेला, बैठक राखेर काम गर्न गाउँमा मान्छे छैनन्।’ 

वडा कार्यालयले यो आर्थिक वर्षमा साना ठूला गरी वडाभित्र ४९ योजना तयार गरेको छ। वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारका अधिकांश कार्यक्रम उपभोक्ता समितिमार्फत गर्नुपर्ने प्रकृतिका छन्। शिक्षक, कर्मचारी र राजनीतिक दलमा आवद्ध पदाधिकारीउपभोक्ता समितिमा बस्न पाउँदैनन्। अध्यक्ष शर्माले भने, ‘गाउँमा कि बालबालिका, कि ज्येष्ठ नागरिक धेरै छन्, काम गर्ने उमेर समूहका व्यक्ति पाउन मुस्किल छ।’ 

वडा-५ का वडाध्यक्ष ज्ञामनाथ कँडेलले समितिमा बसेर काम गर्दा प्राविधिक ज्ञान आवश्यक पर्ने तथा व्यक्तिगत खर्च हुने भएकाले उपभोक्ताले दायित्व बोक्न नचाहने प्रवृत्ति बढेको बताए। अध्यक्ष, सचिव र कोषाध्यक्षबाहेक अन्य सदस्यलाई उपभोक्ता समिति दोहोरिँदा समस्या नआउने गरी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। रासस  


प्रकाशित : आइतबार, चैत १२ २०७९०७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend