काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य सस्तिएको छ भने चाँदी महँगिएको छ।
आइतबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ कायम छ।
चाँदीको मूल्य गएको शुक्रबारको तुलनामा १० रूपैयाँले बढेर आइतबार प्रतितोला एक हजार ३ सय ७० रूपैयाँ कायम छ।