बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्‍याउने वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जन श्रेष्ठको प्रतिबद्धता

images
आइतबार, चैत १२ २०७९
images
images
एफएनसीसीआईलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्‍याउने वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जन श्रेष्ठको प्रतिबद्धता

वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले शनिवार धनगढीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैटौँ प्रदेश सभालाई सम्बोधन गर्दै आफ्नो नेतृत्वमा व्यवसायीहरूको पीडा न्यून गर्नका लागि भूमिका निभाउने बताए।

images
images

धनगढी- नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठले आफूले संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन काम गर्ने बताएका छन्।

images
images
images

वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले शनिवार धनगढीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैटौँ प्रदेश सभालाई सम्बोधन गर्दै आफ्नो नेतृत्वमा व्यवसायीहरूको पीडा न्यून गर्नका लागि भूमिका निभाउने बताए।

'अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरू सुनिनुपर्छ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरूको पहुँचमा हुनेगरि काम गर्नुपर्दछ,” वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले भने, 'करका विषय नापतौल र मिसम्याचका विषयलगायत ऋण तिर्ने जस्ता आर्थिक समस्या छन्। यस्ता विषयहरूलाई सम्बोधन गर्न भनेर नै मैले विज्ञसमेतको टिम तयार गरेको छु।”

images

श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा पर्यटन र कृषिको अथाह सम्भावना रहेको भन्दै यसलाई बिस्तार गर्न पनि युवा र जुझारु नेतृत्व चाहिने बताए।

images

“मैले लामो समयदेखि महासंघको विभिन्न तहमा बसेर कार्य गर्दै आएको छु। यसले मलाई उद्योगी व्यवसायीहरूको समस्या बुझ्न सहयोग गरेको छ,” श्रेष्ठले भने, “मेरो टिम अन्तरगतका विभिन्न उपाध्यक्ष तथा अन्य सदस्यहरू समेत समावेशी युवाहरू छन् ।”

आफ्नो टिमको तर्फबाट जिल्ला/नगर तर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान तथा एसोसिएट्स उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ उम्मेदवार रहेको उनले जानकारी दिए।

उनले आफूले महासंघमा लामो समदेखि विभिन्न भूमिकामा रहेर नयाँ विषयहरू सिक्दै रहेको र अन्य साथीहरूलाई समेत सिकाउँदै आएको बताए।


प्रकाशित : आइतबार, चैत १२ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend